HomeFeatureसुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न

दिल्ली, 9 फरवरी 2022

सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । आइतबार ‘सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली’ भने मूल नाराका साथ समाजको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक प्रकाश मल्लको सभापतित्वमा भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि सुदूर-पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका दिर्तिय उपाध्यक्ष रामचन्द्र ओझा रहेका थिए । कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द. एसिया संयोजक दिनेश खड्का ‘खप्तडि’, सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी र सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका वरिष्ठ उपाध्यक्ष पदम महतको सहभागिता रहेको थियो । यस्तै सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका कोषाध्यक्ष राम बहादुर रोकाया,सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समीर मल्ल, सुदूरपश्चिमेली नेपाली समाज साईप्रस का अध्यक्ष डम्बर बहादुर खड्का र भारतमा क्रियाशील संघ संस्था लगायत विभिन्न देशबाट समाजको प्रतिनिधित्व गर्दै अतिथिको सहभागी भएका थिए । यस्तै आइतबार भर्चुअल मार्फत भएको महाधिवेशनले कटक बहादुर बिष्टको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा मान ब साउद, दितीय उपाध्यक्षमा बल बहादुर जयगडी, महासचिवमा महादेव भट्ट, सचिव कविराज पाण्डेय, कोषाध्यक्षमा वासुदेव जोशी, सह कोषाध्यक्षमा हर्क रावत रहेका छन् । यसै गरी महिला संयोजकमा अमृता ढकाल रावल, भारत उत्तर संयोजकमा दीपक धमला, सह(संयोजकमा केशव दत्त भट्ट, भारत पश्चिम संयोजकमा डिल्ली राज जोशी, सह-संयोजकमा पदम साउद, भारत दक्षिण संयोजकमा हर्क देउवा, सह संयोजकमा धिरज विष्ट, सदस्य तथा खेलकुद विभागमा जनक ढुङ्गाना चयन भएका छन् । यस्तै तिन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । वरिष्ठ सल्लाहकार मोहन वीर साउद, सल्लाहकार क्रमशः चन्द्र कुँवर, नागेन्द्र जोशीलाई चयन गरिएको छ । भने महिला संयोजक र दुई जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...