गुजरात, 1 फरवरी 2022
प्रवासी नेपाली संघ भारत, महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिले गुजरातमा आफ्नो पहिलो सम्मेलन सपन्न गरेको छ । नेशनल लाईभ टिभीलाई, गुजरातबाट तेज रिजालले पठाएको रिपोर्ट अनुसार, स्थापना भएको 32 वर्ष पछी मात्र, उक्त प्रथम सम्मेलन गरिएको हो । समितिका संयोजकद्वय चक्र रावल र सुरेश बोहराको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रमुख अतिथीको रुपमा संघका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी उपस्थित रहेका थिए । कार्यक्रमका अन्य अतिथीहरुमा संघका केन्द्रिय सदस्य तथा महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका इन्चार्ज गिरिराज बेल्बासे, संघका केन्द्रिय सचिवालय सदस्यद्वय टेक रावल ‘भीजन’ र माधव बेल्बासे, केन्द्रिय सदस्यहरु हरी महर, बेल ब.झेडी, रमेश परियार, महाराष्ट्र–गुजरात संयुक्त राज्यको आठौं सम्मेलन आयोजक समितिका सदस्यहरु प्रेमराज भण्डारी, तिलक शाही, महेन्द्र शाही, पदम बम, तेज रैकाल, मदन खड्का, रतन ब. विक र मुलप्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सचिव ध्रुव न्यौपाने रहेका थिए । उक्त घोषणा, सभामा अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समितिबाट नवीन विक, भरत ओड, विकास ओड र दिपक ओड र नेपाली जनसमाज भारत पश्चिम भारत क्षेत्रीय समाज सदस्य भीम आउजी र भरत आउजी उक्त संगठन परित्याग गरि संघमा प्रवेश गरेका छन । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले देशको समसामयिक राजनीतिक अवस्था, प्रवासी नेपालीहरुले खेल्नु पर्ने भूमिका र संगठनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि मार्गदर्शन गरेका थिए । देशको बागडोर नेकपा एमाले अध्यक्ष केपी ओलीले मात्र समाल्न सक्ने कुरा औल्याउँदै प्रवासमा पनि हाम्रो संगठनबाट चोइटिएर अलग अवैधानिक संगठन निर्माण गर्दै हिडेकालाई सचेत हुन आग्रह गरेका थिए । कार्यक्रममा अजय तिमिल्सेनाको नेतृत्व रहने गरि 45 सदस्यीय राज्य समिति घोषणा गरिएको छ । जसमा अध्यक्ष अजय तिमिल्सेना, उपाध्यक्ष नृप रावल, उपाध्यक्ष खड्क विश्वकर्मा, उपाध्यक्ष सोमराज बडाहित, सचिव रमेश परियार, वरिष्ठ सहसचिव केशव तिमिल्सेना, सहसचिव रतन ब. विक र विजय खत्री, कोषाध्यक्ष तेज रैकाल ओखेडा, सह कोषाध्यक्ष द्वय लक्ष्मण धमाला र रुप ब. साउद रहेका छन । सचिवालय सदस्यहरुमा संतोष विक, भीम आउजी, कालुसिंह विक र भेषराज कुमाल रहेका छन । यसैगरि सदस्यहरुमा 22 सदस्य नियुक्त गरिएका छन। सल्लाहकार समितिमा प्रमुख मदन खड्का, सदस्यहरुमा नौराज विक र जैसरा तिमिल्सेना रहेका छन । अजय तिमिल्सेनाको स्वागत भाषणबाट शुरु भएको उक्त कार्यक्रमको सञ्चालन कमल धामीले गरेका थिए ।









































