HomeFeatureसरकारले संविधानको मर्म भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने: सिंह

सरकारले संविधानको मर्म भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने: सिंह

काठमाडौं, 1 फरवरी 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबिरुद्धको खोप अभियानको निरक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पुराएर निर्वाचनको मिति तय गर्नुपर्ने बताउनुभएको हो । उहाले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने तर्क गर्नुभयो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकालेसंविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको उहाको भनाई छ । यस्तै मंगलबार नै बागमति करिडोरका बारेमा जानकारी लिदै नेता सिंहले बागमती नदि किनारमा स्थानीयको प्रयासमा निर्माण भएका पार्कलाई एकीकृत बागमती आयोजनाले मास्न नहुने बताउनुभयो । उहाले बागमती किनारमा रहेका पार्क बगैंचा निर्माण गरिरहेका  संघसंस्था र स्थानीयहरुसंग छलफल पनि गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...