HomeFeatureप्रहरीद्वारा निजामती कर्मचारी संगठनका पदाधिकारीलाई बबरमहलमा प्रवेश गर्न रोक

प्रहरीद्वारा निजामती कर्मचारी संगठनका पदाधिकारीलाई बबरमहलमा प्रवेश गर्न रोक

काठमाडौं, 12 जनवरी 2022

नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीलाई प्रहरीले संगठनको कार्यालय बबरमहलमा प्रवेश गर्न रोक लगाएको छ । नेकपा एस निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरु एमाले निकट संगठनमै फर्किएपछि बुधबार साँझ बबरमहलस्थीत कार्यालयमा पुगेका थिए । तर कार्यालय प्रवेशमा प्रहरीले रोक लगाएपछि उनीहरु आक्रोशित भएका छन् । यसअघि पार्टी फुटपछि बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेपछि प्रहरीले ताला लगाएको थियो । तर बुधबार कर्मचारी संगठन पुनः एक भएको भन्दै उनीहरु संगठन रहेको भवनमा पुगेका थिए । संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले आफुहरु एक भएको जानकारी प्रशासन कार्यालय र श्रम कार्यालयमा जानकारी गराएपछि कार्यालय आएको र कार्यालय प्रवेश गर्ने बितिकै आफुलाई माथिको आदेश भन्दै निकालिएको जानकारी दिनुभयो । त्यस्तै यसअघि नेकपा एस निकट संगठन अध्यक्ष समेत रहेका रेवन्त गौतमले आफुहरुबीचको विवाद अन्त्य भएको र दुवैपक्षबीच सहमति भएपनि कार्यालय आएका बताउनुभयो । उहाले गृह मन्त्रालयको निर्देशनबाट आफुहरुलाई भवन भित्र छिर्न नदिएको र धरपकट गरिएको आरोप लगाउनुभयो । उहाले संगठनमा अव कुनै विवाद नरहेको जिकिर गर्नुभयो । विभाजित भएको संगठनका अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायतलगायत अधिकांश पदाधिकारीसहित नेपाल निजामति कर्मचारी संगठनमा फर्किएका थिए ।  संगठनले माघ १४ र १५ मा हुने महाधिवेशनको मिति समय तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...