HomeFeatureफरिदाबादमा 4 वर्षकी छोरी र श्रीमतिलाई अलपत्र पारेर एक नेपाली फरार, खोजिदिन...

फरिदाबादमा 4 वर्षकी छोरी र श्रीमतिलाई अलपत्र पारेर एक नेपाली फरार, खोजिदिन सबैलाई आग्रह

नयाँ दिल्ली, 27 अगस्त 2020

भारतको हरियाणा राज्यको फरिदाबादमा एक नेपाली, 4 वर्षकी छोरीसहित श्रीमतिलाई अलपत्र पारेर फरार भएका छन । कपिलवस्तु स्थायी घर भएका सागर नामले चिनिने ढकानन्द पल्ली मगरले फरिदावादको सेक्टर 4 मा ४ वर्षकी छोरीसहित पत्नी गिता सिंहलाई अलपत्र पारेर फरार भएका हुन । कपीलवस्तुका स्थायी वासिन्दा सागर पल्ली मगर र कञ्चनपुरको बेलौरीकी गिता सिंहको विवाह फरिदावादमा 2 फरवरी 2014 मा धुमधामका साथ विवाह भएको थियो । सागर पल्ली मगर फरिदावादमा फास्टफुडको काम गर्दै आएका थिए । भने गिता सिंह आफ्नी सानी आमा-सानो बुवासँग रहदै आएकी थिइन । 6 वर्षअघि दुवै जनाको त्यही धुमधामले विवाह भएको थियो ।

उनिहरुबिच अहिलेसम्मको वैवाहिक जीवन राम्रै चलिरहेको भएपनि एकाएक छोडेर गएपछि गिता अलपत्र परेकी छिन । कपीलवस्तुमा रहेका सागर पल्ली मगरको परिवारलाई सम्पर्क गरेपनि त्यहाँ नपुगेको जानकारी पाइएको छ । घटना बुझ्न गएका समाजसेवीहरु विरेन्द्र सिंह ठकुरी र गणेश अधिकारीको टीमले सागर पल्ली मगर एकाएक फरार भएपपछि गिता सिंह र उनकी 4 वर्षकी छोरी परदेशमा अलपत्र परेका बताउनु भयो । सोधपुछका क्रममा सागर २० अगस्तमा फरार भएका हुन । सागरले आफ्नो नेपाल र भारतका प्रमाणपत्र, घरमा भएको नगद, बैंकमा भएको पैसा, र अन्य चिनेजानेका साथीहरूसँग पनि उधारो मागेर फरार भएकाले गिता सिंहलाई छोडेको अनुमान लगाइएको छ ।

सागर काम गर्ने ठाँउमा गएर सोधखबर गर्दा उनले कुनै केटीसँग भिडियो च्याट गर्ने गरेको खुल्न आएकाले उनले गितालाई छोडेरनै गएको हुन सक्ने बिरेन्द्र सिंह ठकुरीले बताउनुभयो ।

सागर भनिने ढकानन्द पल्ली मगर

4 वर्षको सानो उमेरमा आमाको निधन पश्चात बुवाले अर्कै विवाह गरि छोडेर गएपछि टुहुरो सरहको जीवन बिताएकी गिता सिंहको जीवनमा फेरी बज्रपात परेको छ । गितालाई उनकी सानी आमा र सानो बुवाले पालेका थिए भने गिताको 6 वर्षअघि आफैले मन पराएका सागर पल्ली मगरसँग विवाह भएको थियो । अव एकाएक सागर छोडेर गएपछि गितालाई ४ वर्षकी छोरीको पालन पोषण कसरी गर्ने र कसरी जीवन बिताउने भन्ने तनाव थपिएको छ । उनले तस्वीरमा देखिएका पुरुष सागर पल्ली मगरलाई कतै देख्नु भएमा मोबाइल नम्बरहरु 0091-7048963634 र 0091-8595999275 मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...