HomeFeatureबजेट २०२२: मन्त्रिपरिषद्वारा बजेट स्वीकृत, वित्तमन्त्री निर्मला सीतारमणले केही समयमै पेपरलेस बजेट...

बजेट २०२२: मन्त्रिपरिषद्वारा बजेट स्वीकृत, वित्तमन्त्री निर्मला सीतारमणले केही समयमै पेपरलेस बजेट प्रस्तुत गर्ने

दिल्ली, 1 फरवरी 2022

कोरोनाको तेस्रो लहरको बीचमा भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् । यो मोदी सरकारको दशौं र निर्मलाको चौथो बजेट हो । बिहान १०:१० बजे प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बजेटलाई औपचारिक स्वीकृति दिएको हो । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र असमबाट सुरु भएको थियो तर केन्द्रमा प्रविधिलाई महत्व दिँदै सन् २०२० मा नै पेपरलेस बजेटको सुरुवात भयो । पहिला अर्थमन्त्रीले बजेट दस्तावेजलाई ब्रिफकेसमा लिएर आउँथे । तर निर्मला सीतारमणले सन् २०१९ मा एक फाइलमा बजेटको दस्तावेज लिएर आइन् । सो फाइलमा राष्ट्रिय प्रतिक छापिएको थियो । सन् १९९९ भन्दा अघिसम्म बजेट बेलुका ५ बजे पेश गरिन्थ्यो तर सन् १९९९ मा जसवन्त सिंहले यो परम्परा फेर्दै बिहान ११ बजे यो पेश गर्ने परम्परा राखे । वर्तमान अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२० मा जुन भाषण दिएकी थिइन् त्यो हालसम्मको सबैभन्दा लामो बजेट भाषण हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...