HomeFeatureबस संचालकहरुको हुँदैन रैछ मन, लकडाउनपछि अब बसको चर्को भाडा सहन बाध्य...

बस संचालकहरुको हुँदैन रैछ मन, लकडाउनपछि अब बसको चर्को भाडा सहन बाध्य नेपाली

नयाँ दिल्ली, 25 मई 2020

मानवतालाई खुट्टाले कुल्चेर प्राय पैसा भन्दा अरु केही नदेख्ने बस सञ्चालकहरुले लकडाउनले मर्ने बाँच्ने अवस्थामा पुगेका नेपालीहरुसँग घर पुर्याइदिने नाममा उनिहरुसँग भए भरको पैँसा कुमल्ने गरेका छन । सीमामा पुर्याएपछि नेपाल छिर्न पाउने ठेगान नभएका बेला भाडामा बस लिएर बस संचालक बन्ने केही दलालहरुले यस विपदका बेला मनलाग्दी भाडा असुलिरहेका छन । हुन त भारतमा भएको लकडाउनले रोजगारी गुमाएर एक छाक पेटभरि खान पनि नपाउने अवस्थामा रहेका नेपालीहरुसँग नेपाल फर्किने बाहेक अर्को विकल्प छैन तर केही बस सञ्चालकहरुले यसै परिस्थितिको फाइदा उठाएर उनिहरुको अवस्थाभन्दा तेब्बर चौबल पैसा लिइरहेका छन । अहिले नेपालका प्रायजसो सबै नाकामा छोड्ने बस संचालकहरुले तेब्बर चौबल भाडा उठाँउदा 2 महिनाको लकडाउनले गोजी रित्याएका नेपालीहरु मर्कामा परेका छन । कयौंले अहिलेनै बसको यात्रा गर्न सकेका छैनन भने अन्य साथी-भाईसँग ऋणकर्जा गरेर पनि नेपाल फर्किरहेका छन । हामीले ती बस सञ्चालकहरुलाई यात्रु भएर फोन गर्दा 6 सय रुपैयाँसम्म भाडा हुने बनबसाका लागि 25 सयदेखि 3 हजार, साढे 6 सयसम्म भाडा हुने गौरीफण्टासम्मका लागि 3 हजारदेखि 4 हजार लिने गरेका छन । त्यसैगरि सुनौली नाकामा पनि 35 सय देखि 4 हजार रुपैयाँ लिएर यस्ता टूर एण्ड ट्राभल्सवालाहरुले सीमामा पुर्याइरहेका छन । यस्तै देशका अन्य सीमा पनि भइरहेको छ ।

सीमामा पुगेपछि पाईने दुःख आफै झेल्नुपर्ने शर्तमा उनिहरुले सीमामा पुर्याइरहेका छन । हुन त भाडा अनुसारको सेवा दिनुपर्ने यस्ता टूर एण्ड ट्राभल्सवालाहरुको काम हो तर उनिहरुमाथि कुनै निकायको नियमन नहुँदा उनिहरुको मनमर्जी चलिरहेको हुन्छ । कोरोना महामारी अघि उच्च भाडाका साथै क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका यात्रुहरुले अहिले एसी बस भनेर मान्छे भर्ने काम गरेपनि बसमा एसी नहुने गरेको प्रभावित यात्रुहरुले बताएका छन । कोरोना महामारीका कारण बसमा थोरै यात्रु भर्नुपर्ने दिशानिर्देश भएपनि समस्यामा परेका यात्रुलाई राहत दिन अहिले टूर एण्ड ट्राभल्सवालाहरुले कम लाभ लिएर सेवा दिएको राम्रो हुने प्रवासी संगठनहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...