HomeFeatureबाँके घटनाबारे अनुसन्धान गर्ने आश्वासन

बाँके घटनाबारे अनुसन्धान गर्ने आश्वासन

काठमाडौं, 9 अक्तूबर 2021

गृह मन्त्रालयले बाँकेमा भएका दुई घटनाका बिषयमा अनुसन्धान गर्ने आश्वासन दिएको छ । बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै २० दिन हिँडेर काठमाडौं आएका महिला टोलीसंगको भेटमा गृहमन्त्रालयका अधिकारीहरुले घटनाका बिषयमा अनुसन्धान गर्ने आश्वासन दिएका हुन् । त्यस्तै गृहका अधिकारीहरुले घर फर्कन आग्रह गरेको टोलीमा रहेकी राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी सदस्य सकिना तेलीले बताउनुभयो । उहाले गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलसंग भेट भएको र घटनाका बारेमा जानकारी लिएको बताउनुभयो । पिडितलाई न्याय दिने र अनुगमन तथा अनुसन्धान टोली गठन गर्ने र दुव्र्यवहार गर्ने प्रहरी अधिकारीलाई सोधपुछ गर्ने पनि गृहमन्त्रालयबाट आश्वासन आएको तेलीले बताउनुभयो । महिलाहरुले आफुहरुको माग पुरा नभएसम्म र न्याय नपाएसम्म नफर्कने बताएका छन् । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन महिलाहरु हिडेरै काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...