बाजुरा, 27 जुन 2020
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर 10 स्थित शान्नीकोट भगवती प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एक स्थानियले दायर गरेको उजुरीमा विद्यालयको 2 कोठे भवन निर्माणका लागि आर्थिक वर्ष 2074/75 मा जिल्ला शिक्षा कार्यालयबाट 16 लाख बिनियोजित भएको तर भवन निर्णाणका अध्यक्ष बासुदेव जोशीले सिमेण्ट, बालुवा, फर्निचर, राउण्डिङ बिम लगायतका सामग्रीमा अनियमितता गरेको भनिएको छ ।


उजुरीकर्ताका अनुसार सोही विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर साउँदको मिलेमतोमा भवन निर्माणमा अनियमितिता भएको हो । अनियमितताको विरोध गर्दा भवन निर्णाणका अध्यक्ष बासुदेव जोशीले उल्टै गालीगलौच गरेको भन्दै उजुरीकर्ताले अनियमितताको छानविन गरि आवश्यक कारवाही गर्न माग गरेका छन ।









































