HomeFeatureबिकास समितिद्वारा दार्चुला सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन

बिकास समितिद्वारा दार्चुला सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन

काठमाडौं, 31 दिसम्बर 2021

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला तिंकर सडक खण्डको सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले दार्चुला तिंकर सडक खण्डको सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकोले अधिकांश स्थानहरुमा ब्लास्टिङ गर्दा ढुङ्गाका टुक्राहरू सिमापारी जाने भएकोले समय–समयमा भारतीय पक्षबाट समस्या देखाउने गर्दा निर्माण प्रभावित हुने देखिएकाले भारतीय पक्षसंग छलफल गरि समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले कर्णाली करिडोर तथा दार्चुला–टिंकर सडक खण्डमा आवश्यक बजेट विनियोजन गरी निर्वाध रुपमा विकास निर्माणका कार्यहरु सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ भने विकास निर्माणका कार्यमा खटिने जनशक्तिको अभाव देखिएकोले आवश्यक प्राविधिक जनशक्तिहरुको तत्काल पदपूर्ति गर्ने व्यवस्था समेत मिलाउन समिति अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । बैठकले सेनाबाट निर्माणाधीन सडकहरु भौगोलिक रुपमा विकट तथा कडा चट्टानी भीरहरुमा जोखिमपूर्ण हुने भएकोले यही आर्थिक वर्षदेखि लागू हुने गरी निर्माण कार्यमा संलग्न हुने सकलदर्जा नेपाली सेनालाई प्रोत्साहन स्वरुप जोखिम भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उहाले बताउनुभयो । त्यस्तै समितिले  यसअघि समितिबाट स्थलगत अध्ययन अवलोकन भ्रमण भई तयार पारिएको कर्णाली करिडोर खुलालु लैफु–सलिसल्ला तथा दार्चुला–टिंकर कोठधार टिंकर सडक खण्ड स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ मा रहेका विषय कार्यान्वयनका सरकारका सम्बन्धीत निकायसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...