नयाँ दिल्ली, 16 जनवरी 2020
भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले बिहारमा मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा आसन्न विधानसभा निर्वाचन लडिने स्पष्ट पार्नुभएको छ।
उहाँले आज वैशालीमा एउटा जनसभालाई सम्बोधन गर्दै यो जानकारी दिनुभएको हो। गृहमन्त्री अमित शाहले भाजपा तथा जनता दल युनाइटेड बीचको नाता यथावत रहेको र दुवै दल मिलेर बिहार विधानसभा चुनाव लड्ने बताउनुभयो।









































