HomeFeatureप्रधानमन्त्रीको तर्कहीन अभिव्यक्तिले भारतमा नेपालीहरुले दुःख पाएः बालकृष्ण पाण्डेय

प्रधानमन्त्रीको तर्कहीन अभिव्यक्तिले भारतमा नेपालीहरुले दुःख पाएः बालकृष्ण पाण्डेय

नयाँ दिल्ली, 21 जुलाई 2020

नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य एंव नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहीन अभिव्यक्तिले भारतमा बसेका प्रवासी नेपालीहरुले दुःख भोग्नु परेको बताउनु भएको छ । प्रजातन्त्रवादी नेता बीपी कोइरालाको 38 औं स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले दिल्लीमा आयोजना गरेको वृक्षारोपण एंव स्मृति कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुभएका पाण्डेयले बीपी कोइरालाले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित रुपमा लिएर देशको स्वतन्त्र गरिमालाई कायम गरेको स्मरण गर्दै वर्तमान सरकारले भारतसँगको सम्बन्ध बिगारेको बताउनुभयो । समारोहमा बोल्दै उहाँले प्रधानमन्त्रीकै अभिव्यक्तिका कारण भारतका विभिन्न राज्यमा काम गर्ने प्रवासी नेपालीहरुलाई नौकरीबाट निकाल्ने धम्की दिइनुका साथै अपमान सहनुपरेको बताउनुभयो ।

उहाँले नेपाली नागरिकले भारतको स्वतन्त्रता संग्रामदेखि अहिलेसम्म भारतका लागि भारतीय सीमाहरुमा लडिरहेको र प्रवासी मजदूरहरुले पनि इमान्दारीका साथ आफ्नो श्रमदान गरिरहेको भन्दै भारतीय पक्षलाई कुनै एक व्यक्तिको अभिव्यक्तिलाई लिएर भारतमा बस्ने नेपालीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गर्नुभयो ।

कोभिड-19 का कारण वृहतस्तरमा कार्यक्रम नगरेर यसवर्ष सामाजिक दूरीको पालना गर्दै सामान्य रुपमा कार्यक्रम गरिएको थियो । नेजस उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवरले अध्यक्षता गर्नुभएको थियो । महासचिव दयाराम रोकायाले संचालन गरेको कार्यक्रममा महिला सांस्कृतिक सचिव सिता अधिकारी र अन्य सदस्यहरु दुर्गा भण्डारी, हरि पाण्डेले बीपीका चिन्तन र विचारबारे मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा वृक्षारोपण गरिएको थियो ।

नेपाली काँग्रेसका प्रजातन्त्र एंव समाजवादी नेता बीपी कोइरालाको निधन 2039 साल श्रावण 6 गते निधन भएको थियो । सोही दिन नेपाली काँग्रेसप्रति आस्थावान संघ-संगठनले बीपीको स्मृति दिवस मनाउने गर्दछन ।

नेपाली जनसम्पर्क समिति भारतले आज मुम्बई, भोपाल, चण्डीगढ, कोलकाता, मद्रास, हैदराबाद र बेङ्लोर लगायतका स्थानमा पनि बीपी स्मृति दिवस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...