HomeFeatureबुधबार थप 3 जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या 57 पुग्यो

बुधबार थप 3 जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या 57 पुग्यो

काठमाण्डौँ, 29 अप्रेल

बुधबार नेपालमा थप 3 जनामा कोरोना भाइरस (कोभिड-19) को संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका 2 र पर्साका 1 जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका 31, 43 र 46 वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। सिमराको क्वारेन्टिनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। बुधबार तीन जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 57 पुगेको छ। अहिले विराटनगरमा 31, वीरगञ्जमा 8 तथा धनगढी र भरतपुरमा 1/1 जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। 16 जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिलेसम्म देशभरी पीसीआर विधिबाट 11 हजार 5 सय 24 जनाको नमुना परीक्षण गरिएको छ। आरडीटी विधिबाट 45 हजार 6 सय 65 वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 2 हजार 3 सय 67 वटा परीक्षण भएका छन्।

प्रदेश 1 मा 4 हजार 8 सय 81, प्रदेश नम्बर 2 मा 5 हजार 2 सय 98, बागमती प्रदेशमा 8 हजार 2 सय 17 वटा आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। यस्तै गण्डकी प्रदेशमा 5 हजार 3 सय 43, प्रदेश नम्बर 5 मा 3 हजार 6 सय 71, कर्णाली प्रदेशमा 5 हजार 2 सय 69 र सुदूरपश्चिममा 12 हजार 9 सय 86 वटा आरडीटी परीक्षण भएका छन्।

अहिले 22 हजार 9 सय 1 जना क्वारेन्टिनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर 5 मा 12 हजार 5 सय 15 जना क्वारेन्टिनमा रहेका छन्। काठमाडौँ उपत्यकामा 4 र बाहिर 83 गरी 87 जना आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...