HomeFeatureविकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई विकास समितिको निर्देशन

विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई विकास समितिको निर्देशन

काठमाण्डौँ, 29 अप्रेल

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टिनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टिनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो। समिति सभापति कल्याणी कुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू गरिए पनि विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिएको बताउनुभयो। उहाँले भन्नुभयो ‘अहिलेको सन्दर्भमा हामीले राष्ट्रिय गौरवका आयोजनाहरु अन्य विकास आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै मन्त्रालयको मापदण्ड अनुसार क्वारेन्टाइन तयार गरी निर्माण कार्यलाई निरन्तरता दिने वातावरण निर्माण गर्न समिति सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, खानेपानी मन्त्रालय, राष्ट्रिय पुननिर्माण सम्पूर्णलाई हामी निर्देशन गर्न चाहन्छौं र गर्दछ।’

बैठकमा सांसदहरुले कारोना भाइरसको प्रभावका बिच श्रमिकहरुको हितको लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदुरको सुरक्षा लगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरुले बताएका छन्। सांसद गणेश कुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘काम अगाडि बढाउन त भनियो तर निर्माण सामग्रीहरुको उपलब्धतामा समस्या छ। काम गर्ने मजदुरहरुलाई पनि सम्बन्धित ठाउँमा पुऱ्याउने विषयमा समस्या छ र त्यो लगायत विविध समस्याहरु छन्। त्यसकारण यी समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा नेपाल सरकारले ठोस योजना बनाउनु पर्छ।’

सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने तर काम गर्न नसक्ने प्रवृति यसअघि पनि रहदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘विकासको योजना जति भएतापनि हामी नेपालीले सपना देख्यौं खानेपानी काठमाडौंमा आउँछ मेलम्ची, मान्छे जवानबाट बुढो भइसक्यो खाला की नखाला निस्चित छैन्। त्यसकारण देशलाई संकटबाट माथि उहार्ने हो भने देशलाई भोकमरीबाट उहार्ने हो भने अहिले भएका बजेटहरुलाई कुन क्षेत्रमा लाने हो त? सबैभन्दा त्यसको लागि कृषि क्षेत्र, साना उद्योगहरु, श्रमिकहरुलाई काम दिन पऱ्यो। श्रमिक जनताहरुलाई सबैभन्दा बढी यो संकटमा मार परेको छ।’

यस्तै अर्का सांसद अनिल कुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो। काम गर्न नपाएर श्रमिक भोकै मर्ने अवस्थामा आइपुगेकोले पनि आयोजनाहरुलाई सुचारु गर्नुपर्ने सांसद झाले बताउनुभयो। उहाँले भन्नुभयो ‘नोवल कोरोना भाइरसको प्रकोपको प्रभाव त छदैछ तर यो बीचमा पनि यसका सेफ्टी मेजर्सहरु अपनाएर विकास निर्माणका कार्यहरु गर्न दिनुपर्छ जस्तो मलाई लाग्छ। किन भने भोकै मर्नु भन्दा त काम गरेर मर्नु उपयुक्त हुन्छ तुलनात्मक रुपमा कम कस्टदायी हुन्छ।’

बैठकमा कोरोना भाइरसको प्रभावका बिच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयसँगै राष्ट्रिय गौरवका आयोजनाहरुको सम्बन्धमा, रणनैतिक सडकहरुको सम्बन्धमा र नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो। छलफलमा सांसदहरुले आगामि बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिएजस्तै विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्। यस्तै बैठकले पूँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझबढी कम हुने भएकोले सरकारलाई दिर्घकालीन नीति ल्याउन समेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...