बेङ्गलोर, 5 डिसेम्बर, मिनेश रावल
कर्नाटक राज्यको बेङ्गलोरमा दुर्घटनामा परेर घाइते भएका, उपचार नपाएका, असहाय र गरिव नेपालीहरुलाई सहयोग गर्दै आएको समूह मानव सेवा संस्थाले दुर्घटनामा घाइते भएका कमल थापालाई 1 लाख 55 हजार आर्थिक सहयोग गरेको छ ।
यसअघि पनि कमल थापालाई आर्थिक सहयोग गरेको संस्थाले अन्तिम पटक संकलन गरेको सो रकम संस्थाका मिडिया प्रभारी सुरेन्द्र रावल सदस्यहरु विकास रोकाया र विकास भण्डारीले सो रकम हस्तान्तरण गरेका हुन । संस्थाले अहिलेसम्म उपचारमा लाग्ने खर्च स्वरुप थापालाई 5 लाख बुझाएको जनाएको छ । संस्थाका सदस्यहरुले जीवनदान स्वरुप विकास रोकाया, विनोद भण्डारी र खगेन्द्र धामीले रक्तदान समेत गरेका थिए । असहायहरुलाई सेवा गर्न पाउँदा प्रोत्साहित भएको मानव सेवा संस्था अब औपचारिक रुपमा गठन भएको छ । जानकारीका अनुसार संस्थाका संस्थापक गणेश थापा र बाशुदेव जोशीको नेतृत्वमा 45 सदस्यीय समिति बनाइएको छ ।
जसको संयोजकमा- नवीन बोहरा
सह संयोजक- कुम्भ रोकाया
महासचिव- रमेश धामी (मन्जिल)
सचिव-भिम बिष्ट
कोषाध्यक्ष-गौतम कुमार बिष्ट
सहकोषाध्यक्ष-लोकेन्द्र विष्ट
बरिष्ठ सल्लाहकार- भैरव सीता उपाध्याय
इन्द्र विष्ट,
भरत धामी
टेक रोकाया
उमेश थापा
नवीन विष्ट
सङ्गठन विभाग प्रमुख-मिलन योगी
सन्तोष बम
हर्क नेपाली
सागर विष्ट
कुबेर भण्डारी
प्रवक्ता- आदित्य बुढा
सुरेश खत्री
मिडिया विभाग- सुरेश रावल
विकास रोकाया
अनिता रोकाया
सदस्यहरु- महेश साउद
रण बहादुर रोकाया
हिमाल विष्ट
सुनिता रोकाया
अविनाश कडायत
चन्द्र धामी
उमेश बोहरा
प्रकाश रसाइली
सन्तोष थापा
महेश जोशी
कमल विष्ट
कमल थापा
रवीन्द्र बोहरा
राजु वि क
सागर खड्का
राम रोकाया
राम खड्का
राम सिंह
सम्राट सिंह
मकर धामी रहेका छन ।









































