HomeFeatureबेमौसमी बर्षा र बाढी, ढुवानका कारण क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश...

बेमौसमी बर्षा र बाढी, ढुवानका कारण क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधि सरकारद्वारा स्वीकृत

काठमाडौं, 9 नवम्बर 2021

सरकारले बेमौसमी बर्षाका र बाढी,  ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न गठित कार्यदलले पेश गरेको कार्यबिधिलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले धान बालीमा भएको क्षतिको अध्ययन गरि राहत उपलव्ध गराउने सम्बन्धमा गठित कार्यदलको कार्यबिधि स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले  रुपन्देहीको मोतिपुर औधोगिक करिडोर घटनामा ज्यान गुमाएका मृतक परिवारलाई राहत दिने निर्णय पनि गरेको छ । त्यस्तै कुश्मामा ४०० केभि सवस्टेशन र जुम्ला सवस्टेशनका लागि जग्गा प्राप्तीका लागि स्वीकृत दिने निर्णय पनि गरेको छ भने किर्तिपुर नगरपालीका र चीनको एक शहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि अनुमति दिने निर्णय पनि बैठकले गरेको प्रवक्त कार्कीले जानकारी दिनुभयो । त्यस्तै बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम बिभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणिमा नियुक्त गर्न स्वीकृत दिने र जेनेभामा हुने स्वास्थ्य सम्बन्धी सम्मेलनमा भाग लिन स्वीकृती प्रदान गर्ने निर्णय भएको उहाले बताउनुभयो । उहाले सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिन सरकार प्रतिवद्ध रहेको र बालबालिकाका लागि पनि छिटै खोप उपलव्ध गराउने जानकारी दिनुभयो । त्यस्तै मन्त्रिपरिषद्ले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...