HomeFeatureस्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानद्वारा बार एसोसिएसनमा ज्ञापन पत्र बुझायो

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानद्वारा बार एसोसिएसनमा ज्ञापन पत्र बुझायो

काठमाडौं, 9 नवम्बर 2021

अदालतमा नियमित सुनुवाई र बहस नहुदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनमा ज्ञापन पत्र बुझाएको छ । न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको र इजलास बहिष्कार गर्दा सर्वसाधारणहरु समस्यामा परेको भन्दै अभियानले नियमित इजलास चलाउने वातावरण बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अधिवक्ता स्वागत नेपालले बारका आन्दोलनका कारण थुनुवा र वन्दीका मुद्धाहरु प्रभावित भएको बताउनुभयो । उहाले प्रधानन्याधिशले गरेका गल्तीको सजाय हुनुपर्ने , न्यायधिशलाई न्यायलयमा प्रवेशमा रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । तीन दिनभित्र आफुहरुको माग पुरा नभए गलत कार्यको नेतृत्व गरेका व्यक्तिलाई बारमा नै प्रवेश रोक लगाउने उहाले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष श्रेष्ठले न्यायपालीकालाई सुद्धिकरण गर्नका लागि आफुहरुको आन्दोलन भएको बताउनुभयो । उहाले न्यायपालीकाको सुधारका लागि प्रधानन्याधिश बाधक भएकाले राजीनामा माग गरिएको जानकारी दिनुभयो । प्रधानन्यायधिशनको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ भने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सेतोपट्टी बाधेर बारको आन्दोलनको बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...