HomeFeatureबैंगलोरमा विवाह गर्ने बहानाले एक नेपाली महिलामाथि शारीरिक र आर्थिक शोषण गरि...

बैंगलोरमा विवाह गर्ने बहानाले एक नेपाली महिलामाथि शारीरिक र आर्थिक शोषण गरि युवक फरार

बैंगलोर, 12 अगस्त 2020

दीन दुःखीको सहयोगका लागि आफ्नो दुःख बिर्सेर पनि सहयोग गर्छन भन्ने नेपालीहरु अब ठाँउ अनुसार परिर्तन भइरहेका छन । त्यसैले त भारतमा एक नेपालीलेनै अर्को नेपालीमाथि अन्याय, अत्याचार, लुटपाट, चोरी गर्ने जस्ता घटनाहरु भइरहेका छन । हुँदा-हुँदै परिवारको आर्थिक अवस्थाका कारण रोजगारीका लागि बेंग्लोर आएकी एक नेपाली महिलालाई विवाह गर्ने बहानामा एक युवकले शारीरिक शोषण गर्नुका साथै 1 लाखभन्दा धेरै रकम लिएर फरार भएको घटना प्रकाशमा आएको छ ।तस्वीरमा देखिएकी महिला झापा जिल्लाको सुरुङ्गाकी वासिन्दा हुन। रोजगारीको सिलसिलामा कोरिब 1 वर्षअघि भारतको कर्नाटक राज्यको बेंग्लोर आएकी उनिसँग विवाह गर्ने बहानामा सुदूरपश्चिम प्रदेशको दार्चुलाका एक व्यक्तिले शारीरिक र आर्थिक शोषण गरेर फरार भएका छन । हुनत उनि तीन छोराछोरीको आमा हुन तर विवाह भएको केही वर्षमा लगभग 12 वर्षअघि उनको श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि छोराछोरीको पालनपोषणको जिम्मा उनकै काँधमा आयो । त्यसपछि उनि झापामै बसेर छोराछोरीको पालनपोषण गर्दै आएको भएपनि भारतमा रोजगारीको राम्रो अवसर हुने भन्दै बेंग्लोर आएकी थिइन ।

उनको रोजगारी राम्रै चलिरहेको भएपनि दार्चुला घर बताउने गणेश भट्ट नामक युवकले उनलाई विवाह गर्ने बहानामा नजिकिएको र 3 महिना अघिदेखि दुवैजना श्रीमान-श्रीमती भएर बस्न लागेका थिए । पहिलो विवाह सफल हुन नसकेपछि उनि गणेश भट्टका कुरामा फस्न थालिन र उनले भनेका सबै कुरा मान्न थालिन । गणेश विवाह गर्ने भन्दै उनले कमाएको पैसा पनि माग्न थाले र त्यही क्रममा घर बनाउने भन्दै महिलाले कमाएको 1 लाखभन्दा धेरै रकम पनि मागेर लगे । त्यो रकम माग्न खोज्दा अनेक थरीका बहाना गरेको र लकडाउनका क्रममा छोजेर फरार भएको महिलाले बताएकी छिन । उनले सामाजिक संजालमा लाईभ आएर गणेश भट्ट नामक व्यक्तिलाई खोजेर न्याय दिलाउन माग गरेकी छिन। आज नेशनल लाईभसँग भएको कुराकानीमा महिलाले गणेश भट्ट विवाहित रहेको र अहिले उनकी श्रीमति सम्पर्कमा आएको र उनकी श्रीमतिले भट्ट आफ्नो सम्पर्कमा नआएको तर आवश्यक परे कानुनी कारवाही गर्न भनेको बताएकी छिन । अहिले आफुलाई आर्थिक अभाव भएको र नेपाल घर फिर्ता जान चाहेकोले सहयोग गर्न उनले आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...