काठमाडौं, 12 अगस्त 2020
औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ। नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो। पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन। नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्पतीमा उल्लेख गरिएको छ । १३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।









































