कोलकाता, 21 अक्टोबर
बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले आजदेखि भारतीय जनता पार्टीको घटक नरहेको घोषणा गरेको छ । आज कोलकातामा पत्रकार सम्मेलन गर्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले 12 वर्षसम्म पनि आफ्नो माग पुरा नगरेकाले आजदेखि बीजेपीसँगको गठबन्धनमा नरहेको बताउनु भएको छ । उहाँले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफुले गरेका प्रतिवद्धताहरु जहिले पनि पुरा गर्ने गरेकाले अबदेखि ममता बनर्जी नेतृत्वको तृणमूल काँग्रेसलाई समर्थन गर्ने बताउनु भएको छ । उहाँले पश्चिम बंगालमा 2021 मा हुने विधानसभा चुनावमा ममता बनर्जीसँग मिलेर भाजपालाई हराउन चाहेको पनि बताउनु भयो । 2017 देखि भूमिगत रहनु भएका बिमल गुरुङ आज कोलकातामा सार्वजनिक भएर पत्रकार सम्मेलन गर्नु भएको थियो । केहीदिन अघि अर्थात 7 अक्टोबरका दिन केन्द्र सरकारले गोर्खाल्याण्डको मुद्धामा गोर्खा जनमुक्ति मोर्चा, राज्य सरकार र केन्द्र सरकारबिच त्रीपक्षीय बैठक समेत राखेको थियो ।









































