HomeFeatureभारतका पत्रकार अर्णब गोस्वामी पक्राउ, आत्महत्या गर्न उक्साएको आरोपमा हिरासतमा

भारतका पत्रकार अर्णब गोस्वामी पक्राउ, आत्महत्या गर्न उक्साएको आरोपमा हिरासतमा

मुम्बई, 4 नोभेम्बर 2020

भारतका पत्रकार अर्णब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका पत्रकार अर्णबलाई मुम्बई प्रहरीले आत्महत्या गर्न उक्साएको आरोपमा पक्राउ गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्‍चारमाध्यमका अनुसार अर्णबलाई सन् २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा बुधबार पक्राउ गरिएको हो । रिपब्लिक टेलिभिजनले भने अर्णबलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरिरहेको छ । पहिले नै बन्द गरिएको मुद्दामा अर्णबलाई गिरफ्तार गरिएको पनि रिपब्लिकको दाबी छ ।

हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्णबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।

अन्वयको साथबाट एउटा सुसाइड नोट पनि भेटिएको थियो । जसमा अर्णब गोस्वामी र फिरोज सेख तथा नितिस सारदाले रिपब्लिक टेलिभिजनको कार्यालय डिजाइनको पैसा नदिएको आरोप लगाइएको उल्लेख थियो । अन्वयले रिपब्लिक च्यानलले ५ करोड ४० लाख रुपैयाँ नदिएको र त्यसले गर्दा आफू आर्थिक समस्यामा परेको अन्वयले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

सन् २०१८ मा अलिबाग प्रहरीले अर्णबविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो तर सन् २०१९ मा रायगड प्रहरीले उक्त मुद्दाको अनुसन्धान बन्द गरेको थियो । गत मे महिनामा भने महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले अन्वयकी छोरी अदन्याले उक्त मुद्दाको पुन: अनुसन्धान गर्न आग्रह गरेकाले नयाँ शिराबाट अनुसन्धान हुने बताएका थिए ।

रिपब्लिक टेलिभिजन र अर्णबविरुद्ध टीआरपी घोटालालगयातका विभिन्न चार वटा मुद्दामा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...