HomeFeatureभारतका पूर्व राष्‍ट्रपति प्रणब मुखर्जीको राजकीय सम्‍मानका साथ अन्तेयष्टी, शीर्ष नेताहरुद्वारा श्रद्धाञ्जली

भारतका पूर्व राष्‍ट्रपति प्रणब मुखर्जीको राजकीय सम्‍मानका साथ अन्तेयष्टी, शीर्ष नेताहरुद्वारा श्रद्धाञ्जली

नयाँ दिल्ली, 1 सेप्टेम्बर 2020

भारतका पूर्व राष्‍ट्रपति प्रणब मुखर्जीको आज नयाँ दिल्‍लीको लोदी रोडस्थित शवदाह गृहमा राजकीय सम्‍मानका साथ अन्तेयष्टी गरिएको छ ।

त्यसअघि पूर्व राष्ट्रपतिको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक अस्पतालबाट उहाँको दिल्लीको उहाँको सरकारी आवास 10 राजाजी मार्गमा राखिएको थियो । राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम. वेन्कैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, लोकसभा अध्यक्ष ओम बिडला, पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह, काँग्रेस नेता राहुल गान्धी र अन्य कयौं दलका नेताहरुले आज पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्सयसैगरि मन्त्रीमण्डलका सचिव राजीव गौवा, प्रमुख रक्षा अध्यक्ष जनरल बिपिन रावत, सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे, नौसेना प्रमुख एडमिरल करमबीर सिंह र वायुसेना प्रमुख एयर चीफ मार्शल राकेश कुमार सिंह भदौरियाले पनि प्रणव मुखर्जीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सात पटक सांसद रहनु भएका प्रणब मुखर्जीलाई भारतको सर्वोच्च सम्मान भारत रत्नले सम्मानित गरिएको छ । सरकारले प्रणब मुखर्जीको निधनमा सात दिनको राजकीय शोकको घोषणा गरेको छ भने यस दौरान सरकारी भवनमा राष्‍ट्रीय ध्‍वजालाई आधा झुकाइने छ भने कुनै पनि मनोरञ्जनात्मक कार्यक्रमहरु गरिनेछैन ।

पश्चिम बंगालको बीरभूम जिल्लाको एउटा सानो गाँउ मिराटीमा प्रणब मुखर्जीको जन्‍म 11 दिसम्‍बर 1935 मा भएको थियो। उहाँले 2012 देखि 2017 सम्म भारतको 13 औं राष्ट्रपतिको रुपमा कार्यकाल सम्हानु भएको थियो। उहाँ भारतीय काँग्रेस पार्टीको वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ 1969 मा उहाँ पहिलो पटक राज्यसभाको सदस्य चयन हुनु भएको थियो । 2004 मा उहाँ पहिलो पटक लोकसभामा सांसद चयन हुनुभएको थियो । उहाँ काँग्रेस सरकारका बेला देशको रक्षा, विदेश र वित्तमन्त्री पनि रहनु भएको थियो । पूर्व राष्ट्रपति मुखर्जीको यसै महिना मष्तिष्कमा भएको क्लटको शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँ गहिरो कोमामा जानु भएको थियो । त्यसपछि उहाँको अवस्था बिग्रदै गएको थियो । उहाँको फोक्सोमा संक्रमणका कारण निधन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...