HomeFeature23 वर्षदेखि हराएका अर्घाखाँचीका जिवलाल घिमिरेको खोजीमा नथाकेको एक परिवार, फेला पर्ने...

23 वर्षदेखि हराएका अर्घाखाँचीका जिवलाल घिमिरेको खोजीमा नथाकेको एक परिवार, फेला पर्ने आशा

नयाँ दिल्ली, 1 सेप्टेम्बर 2020

रोजगरीको सिलसिलामा भारत आएर २३ वर्षदेखि सम्पर्कविहीन भएका अर्घाखाँची जिल्लाको ढिकुरा गाविसका निवासी जिवलाल घिमिरेको खोजीमा अहिले पनि परिवार थाकेको छैन । उनि सम्पर्कविहीन भएको यतिका वर्ष भएपनि परिवारलाई भने उनि सम्पर्कमा आउने विश्वास हराएको छैन ।

माथिको तस्वीरमा देखिनु भएका जिवलाल घिमिरेको यो 23 वर्षअघिको तस्वीर हो । उहाँ रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड राज्यको देहरादून आएका बेला सम्पर्कविहीन हुनु भएको थियो ।  अर्घाखाँची ढिकुरा गवदेका रेवती प्रसाद घिमिरेको साथमा जिवलाल देहरादून आउनु भएको थियो । देहरादूनमा सँगै बस्ने गरेका जिवलाल रेवती प्रसाद घिमिरे ड्यूटी गएका बेला सम्पर्कविहीन भएको जनाइएको छ । जिवलालसँग अहिलेसम्म कुनै सम्पर्क नभएकाले परिवारजनले उनको खोजीको अभियान निरन्तर चलाइरहेको छ ।

नेशनल लाईभको लोकप्रियता हेरेर उनिहरुलाई बेपत्ता भएका आफ्ना परिवारको सदस्य फेला पर्ने आशा पलाएको छ । तस्वीरमा देखिएका व्यक्तिको अनुहारमा अहिले केही फेरबदल भएको हुन सक्ने भएपनि मूल बनावट उस्तै हुने भएकाले उनको बारेमा जानकारी पाउनेले नेपालमा राजन घिमिरेको मोबाइल नम्बर +977-9857070900, भारतमा विशाल शर्माको 0091-8383918008 र नेशनल लाइवका सम्पादक गोविन्द पाख्रेलको मोबाइल नम्बर +911-9910299044 मा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

भारतमा रहेका नेपालीहरुको समस्या र उनिहरुमाथि हुने अन्यायविरुद्ध आवाज बनेर उदय भएको नेशनल लाईभ टीभी अहिले भारतभर रहेका नेपाली र गोर्खाहरु माझ पुगिरहेको छ । उनिहरुका समस्यालाई उठान गर्ने माध्यमका रुपमा उदाएको यो च्यानल मार्फत अहिले मानिसहरुमा आफ्नो समस्याको समाधान निस्कने आशा पलाएको छ । त्यसैले त पुराना पुराना मुद्धाहरु पनि समाधान हुन्छ कि भन्ने आशाले हामीहरुसँग वर्षौदेखि सम्पर्कविहीन भएका मानिसहरुको खोजीका लागि आग्रह भइरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...