HomeFeatureभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज 70 औं जन्मदिन, देश विदेशबाट शुभकामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज 70 औं जन्मदिन, देश विदेशबाट शुभकामना

नयाँ दिल्ली, 17 सेप्टेम्बर 2020

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज 70 वर्षको हुनुभएको छ । प्रधानमन्त्री मोदीको जन्मदिनलाई भारतीय जनता पार्टीले ‘सेवा सप्ताह’ को रुपमा मनाइरहेको छ । प्रधानमन्त्रीको जन्मदिनको अवसरमा उहाँलाई देश विदेशबाट शुभकामना दिनेको लोर्को लागेको छ । राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, कांग्रेस नेता राहुल गांधी र अन्य ठूला नेताहरुले पनि प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औं जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । बिहीबार बिहान ट्वीटरमार्फत उहाँले मोदीलाई शुभकामना दिनु भएको हो । प्रधानमन्त्रीले ओलीले मोदीलाई सु–स्वास्थ्य र खुशीको कामना गर्दै हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्ने ट्वीटरमा लेख्नु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म 17 सेप्टेम्बर 1950 मा गुजरातको वडनगरमा भएको थियो । युवा अवस्थामा उहाँले आफ्नो परिवारलाई छोडेर संघमा जोडिनु भएको थियो । भारतीय जनता पार्टीमा विभिन्न पदमा काम गरेपछि मोदी 2001 मा गुजरातको मुख्यमन्त्री बन्नु भएको थियो र 2014 सम्म सो पदमा रहनु भएको थियो । 2014 देखि उहाँ भारतको प्रधानमन्त्री पदमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...