नयाँ दिल्ली, 17 जनवरी
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को संचार उपग्रह जीसैट-30 लाई शुक्रवार विहान यूरोपेली अन्तरिक्ष एजेन्सीबाट सफलतापूर्वक प्रक्षेपण गरिएको छ । जीसैट-30 लाई भारतीय समयानुसार 2 बजेर 35 मिनटमा एरियन-5 रकेटको माध्यमले प्रक्षेपण गरिएको हो । जीसैट-30 ले 2005 मा प्रक्षेपण गरिएको संचार उपग्रह इनसैट (4A) को स्थान लिनेछ । आज प्रक्षेपण गरिएको उपग्रहले टेलिकम्युनिकेशन सेवाहरुलाई थप सुदृढ बनाउनेछ । जीसैट-30 उपग्रहलाई दक्षिण अमेरिकाको उत्तर-पूर्वी तटमा कौरोको एरियन प्रक्षेपण परिसरबाट प्रक्षेपण गरिएको हो । (ईएसए) को वाणिज्यिक शाखा एरियन स्पेस यूरोपियन स्पेस एजेन्सी भारतको पुरानो साझेदार हो । उसको सहयोगले कयौं भारतीय उपग्रहहरुलाई अन्तरिक्षमा पठाइएको छ । जीसैट सीरीजको निकै शक्तिशाली उपग्रह जीसैट-30 को मदतले देशमा संचार प्रणालीलाई झनै राम्रो बनाउन सकिनेछ । जीसैट-30 को कवरेज क्षमता पनि धेरै हुनेछ । यस दूरसंचार उपग्रहले राज्य संचालित र निजी सर्विस प्रोवाइडर कम्पनीहरुको लिंक प्रदान गर्ने क्षमतामा बढ्नेछ ।
स्पेस एजेन्सीका अनुसार उपग्रहको उपयोग व्यापक रूपले वीसैट नेटवर्क, टेलीविजन अपलिङ्किङ, टेलीपोर्ट सेवाहरु, डिजिटल सैटलाइट खबर संग्रहण (डीएसएनजी) , डीटीएच टेलीविजन सेवाहरु आदिका लागि गर्न सकिनेछ ।
भारतको संचार उपग्रह जीसैट-30 यूरोपेली अन्तरिक्ष एजेन्सीबाट सफलतापूर्वक प्रक्षेपण
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































