गुजरात, 17 जनवरी 2020
भारत र अस्ट्रेलिया बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच आज गुजरातको राजकोटमा खेलिनेछ। म्याच भारतीय समयाऩुसार दिउँसो 1 बजेर 30 मिनेटमा सुरू हुनेछ। मुम्बईमा मङ्गलबार खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा अस्ट्रेलियाले भारतलाई दस विकेट पराजित गरेर तीन म्याचहरूको यो श्रृङ्खलामा 1-0-ले अग्रता बनाएको छ। तेस्रो तथा अन्तिम आईतबार बेङ्गलुरूमा खेलिनेछ।









































