नयाँ दिल्ली, 7 फेब्रुअरी
बाग्लुङका एक 30 वर्षीय ठग बहादुर नेपालीको चल्दै गरेको ट्रेनबाट खसेर मृत्यु भएको छ । केरला राज्यमा कार्यरत बाग्लुङको जैमिनी नगरपालिका वाड नंबर ६, तल्ला अर्जेवाका ठग बहादुर नेपाली डाइरेक्ट ट्रेन नपाएपछि केरलादेखी उत्तर प्रदेशको झाँसी सम्म एउटा रेल र झाँसीदेखि गोरखपुरसम्म अर्को रेलमा यात्रा गर्ने उद्धेश्यले हिडेका थिए । झाँसी पुगेर गोरखपुरका लागि ट्रेन बद्लिएका ठगबहादुर नेपाली झाँसीदेखी ६० किलोमीटर अगाडी मौठ भन्ने स्थानमा 5 फरवरी २०२१ का दिन विहानको करिव १०.३० बजेको समयमा चल्दै गरेको ट्रेनबाट खसेका थिए । उनको घटनास्थलमा मृत्यु भएको रेलवे पुलिसले जानकारी दिएको छ । उनको शवलाई पुलीस प्रशासनको सहयोगमा झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको शव गृहमा राखिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले जानकारी दिनु भएको छ । मृतकका आफन्तहरु घटनास्तल तर्फ पुगिरहेका छन ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले घटनामा दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धांजलि अर्पण गर्नुका साथै सहयोग पुर्याउन पहल गरिरहेको छ ।









































