HomeFeatureभारतमा ओली पक्षको प्रवासी नेपाली संघ भारतको बैठक सम्पन्न, केन्द्रीय समितिको पाचौं...

भारतमा ओली पक्षको प्रवासी नेपाली संघ भारतको बैठक सम्पन्न, केन्द्रीय समितिको पाचौं बैठक

नयाँ दिल्ली, 8 फेब्रुअरी 2021, सुबास बस्नेत

केपी ओली निकट प्रवासी नेपाली संघ भारत समूहले आइतवार दिल्ली एनसीआरको नोएडा, उत्तर प्रदेशमा केन्द्रिय समतिको पाचौ पूर्ण बैठक सम्पन्न गरेको छ। देशको बदलिदो राजनीतिक घटना क्रमलाई मजबुत बनाउन ओली समूहले बैठक आयोजना गरको हो। बैठकले प्रवासी नेपाली संघ भारतको पुर्व समितिलाइ फेरबदल गर्दै लोकनाथ भण्डारीको अध्यक्षतामा १३३ सदस्यी केन्द्रिय समिति गठन गरको छ।

साथै केन्द्रिय समितिमा उपाध्यक्षहरुमा क्रमशः सीता अधिकारी, नारायण हुँमागाईं , रामचन्द्र भण्डारी , मोहन थापा र भीम मलाती रहेका छ्न । त्यस्तै महासचिब टिका पौडेल, सचिबहरुमा क्रमश बालुका बेलबासे , गिरिराज बेलबासे , छबिलाल भट्टराई , रामायण धमला , हेमा भट्टराई चयन भएका छन । साथै कोषाध्यक्षमा रबी घिमिरे सहकोषाध्यक्षमा केशब अधिकारी र कार्यालय सचिबमा सुबास बस्नेत रहेको 33 सदस्यीय सचिबालय र 9 सदस्यीय कार्यालयीय कमिटी समेत गठन गरिएको छ ।

बैठकमा दिल्ली, हरियाणा, पंजाव, उत्तर प्रदेश, महारास्ट्र, तमिलनाडु, वेस्ट बंगल लगाएतका राज्य बाट केन्द्रिय समिति र राज्य समितिका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो। कार्यक्रम लोकनाथ भण्डारीको अध्यक्षता, नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण एशिया इन्चार्ज तिल विश्वकर्माको प्रमुख आथिथ्यता, नेकपाका प्रस्तावित केन्द्रिय सदस्य तथा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार हरि घिमिरेको सहआथिथ्यता र महासचिव टिका पौडयालको संचालनमा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको थियो।

“प्रवासी नेपाली संघ भारतका केन्द्रका करिव ८५ प्रतिशत भन्दा बढी सदस्य हामी संगै छौ आउदो दिनमा अझै बृहत बन्ने छ” अध्यक्ष लोकनाथ भण्डारी बैठकलाइ सम्बोधन गर्दै भने। सुखी नेपाली र संवृद्ध नेपालको सपना साकार पार्ने एकमात्र नेता राष्ट्र नाएकलाइ अगाडी बढाउने क्रम हाम्रो जारि नै रहन्छ ” उनले भने।

नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण एशिया इन्चार्ज तिल विश्वकर्माले भारत प्रवासका जनवर्गीय सङ्गठनलाइ एकीकरण गर्न आफुले निरन्तर प्रत्यन गर्दा गर्दै पनि एकीकरण हुन नसकेकोमा खेद प्रकट गर्दै, अब संगठनलाइ सशक्तरुपमा अगाडी बढाउनु पर्ने बताए।

नेकपाका प्रस्तावित केन्द्रिय सदस्य तथा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार हरि घिमिरे बैठकलाइ सम्बोधन गर्दै मुलुकको समग्र सवृद्धि र जनताको भविस्य सुनिस्चित केपी ओली ले नै गर्न सक्ने र यो देशको सबै भन्दा ठुलो र जनभावनाको कदर गर्ने सस्थांन ओली नै भएकोले सबै प्रवासी नेपालीहरुलाइ हातेमालो गरेर यो अभियानमा लाग्न आग्रह समेत गरका थिए।

त्यस्तै उपाअध्यक्ष नारायण हुमागाईं अबका संगठनहरु पुरानै पाराले नचल्ने भएकोले नया पुस्तालाई समवास गर्न समय सापेक्ष नया नीति र कार्ययोजा बनाएर संगठन लाई अगाडी बढाउनु पर्ने बिचार व्यक्त गरे।

उपाअध्यक्ष सिता अधिकारीको स्वागत मन्तब्य बात संचालित कार्यक्रममा सचिव छबिलाल भट्टराईले सह-संचालनको निर्भाह गरेका थिय, कार्यक्रम का करिव १०० जना केन्द्रिय सदस्यको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री पद स्वयं शक्ति हो, लोकतन्त्रको सर्वमान्य सिद्धान्तले प्रधानमन्त्रीसग जनताको शक्ति साथमै हुन्छ भन्ने विश्वास गर्छ तर ओली त्यो जनताको शक्तिलाई सडकमा देखाउन चाहन्छन् ।

उता निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया छिट्टै टुंगिने अनुमान गरीएको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको छ । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो ।

देशमा राजीतिक धर्ना, प्रदर्शन र जुलुस त दुवै पक्षले निकाली नै रहेका छन्। प्रधानमन्त्री तथा पार्टीका पहिलो अध्यक्ष केपी ओली समूहले देश भरिका भिबिन्न जिल्ला, प्रदेश र केन्द्रमा पार्टी विस्तारका काममा तिब्रता दिएको छ। पार्टी बिभाजन भए संगै यसको असर भारतमा रहेका जनवर्गीय संगठनमा पनि प्रत्यक्षरुपमा देखा परेको छ। पुर्व एमाले संवद्द प्रवासी नेपाली संघ भारत र पुर्व माओवादी (केन्द्र) संवद्द अखिल भारत नेपाली एकता मंच पूर्णरुपका एकता नहुदै बिभाजनको अवस्थामा पुगेका छन्।

वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूहमा विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनि रुपमा एक देखिएतापनि पार्टी दुई टुक्रामा बिभाजन भई सकेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसलाले कुन समूहलाइ संबैधानिक मान्ने हो त्यो चाई अझै हेर्न बाँकी नै छ।

प्रतिनिधिसभा विघटन निश्चित रुपमा नेकपा भित्रको कुर्सीको लडाईँको परिणती हो। प्रधानमन्त्री केपी शर्मा ओली वा प्रचण्डहरुले जनतालाई केन्द्रमा राखेर, देशको भलो चिताएर, युवाको भविष्यप्रति चिन्तित भएर यो कदम उठाएका पक्कै पनि होइनन् भन्ने प्रस्ट छ। दुई नेता बीचको कुर्चीको लडाईले सिंगो राष्ट्रलाइ नै अन्धकार तर्फ धकेलेको राजनीतिज्ञहरुको ठहर छ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...