HomeFeatureभारतमा अलपत्र परेका नेपालीहरुलाई भोकमरी चुनौति बन्दै, केही संस्थाको प्रयासले मात्रै पुगेन...

भारतमा अलपत्र परेका नेपालीहरुलाई भोकमरी चुनौति बन्दै, केही संस्थाको प्रयासले मात्रै पुगेन  

  1. नयाँ दिल्ली, 2 अप्रेल

कोरोना भाईरस महामारीका कारण भारतमा गरिएको लकडाउनले भोकमरीको स्थितिमा पुगेका  नेपालीहरूलाई विभिन्न प्रवासी संगठन र व्यक्तिहरूले खाद्य सामग्री सहयोग गरिरहेका छन्। पुरै भारतमा अहिले 10 हजारभन्दा धेरै नेपालीहरु लकडाउनले कष्टकर जीवन बिताउन बाध्य छन भने 3 हजारभन्दा धेरै नेपालीहरु भोकमरिको स्थितिमा पुगेका छन । यद्धपी भोकभोकै मर्ने अवस्थामा पुगेका नेपालीहरुलाई अखिल भारत नेपाली एकता मञ्च भारतका आरबी खड्का र युवा नेता सन्दीप रानाको नेतृत्वमा सयौं नेपालीहरुको समस्या समाधानको प्रयास भइरहेको भएपनि हजारौं नेपालीहरुको स्थिति अझै दयनीय छ ।

नेपाल सरकारको बेवास्ताका कारण भारतमा विभिन्न राज्य र नेपाल-भारत सीमामा अलपत्र परेका नेपालीहरु भोकै रहन बाध्य भएका बेला भारतमा सक्रीय केही सामाजिक, राजनितिक संगठनका साथै समाजसेवीहरु सहयोगका लागि अगाडी आएका छन । लकडाउनका कारण कयौं नेपालीहरु भोकमरिले मर्नु भन्दा हिडेरै घर जान बाध्य भएभने सयौं नेपालीहरु अझै सीमामै अलपत्र परेका छन । आरबी खड्काका अनुसार लकडाउनपछि दिल्लीको आनन्द विहारमा फसेका करिब 5 सय जना नेपालीहरु नेपाल पुगेका छन । त्यस मध्ये बाँकी रहेका करिब 3 सय जना दिल्ली, फरीदाबाद, गाजियाबादका 24 शिविरहरुमा आश्रय लिइरहेका छन । उनिहरुलाई स्थानिय प्रशासन, प्रवासी संगठन र केही सम्पन्नशाली व्यक्तिको सहयोगमा खाने व्यवस्था गरिएको छ ।

त्यसैगरि बेङ्गलोर, शिमला र पंजाब लगायत देशका अन्य ठाँउमा लकडाउनपछि ठूलो संख्यामा अलपत्र परेका नेपालीहरुका लागि खाद्य सामग्रीको व्यवस्था गरिएको छ । तर समस्यामा परेका कतिपय नेपालीहरु सम्म भने अझै पुग्न नसकिएको खड्का बताउनुहुन्छ । दिल्लीमा मात्रै 4/5 सय जनालाई खानापिनाको समस्या भएको उहाँको भनाई छ ।

 

नेपालीहरु स्वाभामानी भएकाले अलपत्र परेकाहरु पनि बरु भोकै मर्न तयार छन तर लाईनमा बसेर माग्न संकोच मान्ने गरेका छन । त्यसैले भारतमा समस्यामा परेका नेपालीहरुले खानाभन्दा पनि नेपाल फर्किने विकल्पलाई प्राथमिकता दिने गरेका छन । हामीहरुले भोकै रहने अवस्था आयो भन्ने नेपालीहरुलाई प्राथमिकतामा राखेर खाद्य सामग्री वितरण गरिरहेको खड्काको भनाई छ ।

अहिले दिल्लीमा हाम्रो स्वाभिमानका महामन्त्री प्रेम छेत्री, मानव कल्याण मित्र मञ्च एंव प्रवासी नेपाली मित्र मञ्च र व्यवसायी दीपक जीसी लगायतले पनि अप्ठ्यारोमा परेका नेपालीहरुलाई उनिहरुकै ठाँउमा पुगेर आवश्यक्ता अनुसार खाद्य सामग्री वितरण गरिरहेको भए पनि त्यसले मात्र पर्याप्त नभएकाले यस विपदको घडीमा अगाडी आउन सम्पूर्ण प्रवासी नेपाली संगठनहरुलाई आग्रह गर्नुभएको छ ।

आज मात्रै समाजसेवी आरबी खड्का र अधिवक्ता प्रेम छेत्रीको टोलीले भजनपुरामा अलपत्र परेका दाङ स्थायी घर भएका मोहन पुन मगरको 8 जनाको परिवारलाई 10 दिनलाई पुग्ने गरी खाद्य सामग्री वितरण गरेको छ।

मानव कल्याण मित्र मञ्च नेपाल एंव प्रवासी नेपाली मित्र मञ्च दिल्लीले विभिन्न दाताहरुको सहयोगमा आज पिरागढी, उद्योग नगरको झुग्गी बस्तीमा बस्ने 23 परिवारलाई खाद्य सामग्री वितरण गरेको छ भने यसअघि बुधवार दिल्लीको शालिमारबागमा सो संस्थाले 35 परिवारलाई खाद्य सामग्री वितरण गरेको थियो ।

प्रवासी नेपाली मित्र मञ्च दिल्लीका महासचिव रघुनाथ पाण्डेयले दिल्लीमा समस्यामा परेका नेपालीहरुलाई खानापिनाको समस्या परे आफुहरुलाई सम्पर्क गर्न आह्वान गर्नुभएको छ ।

अहिले लकडाउनको 12 दिन भइसकेको अवस्थामा ठूलो संख्यामा नेपालीहरु भोकमरी लगायतको समस्यामा परेको भएपनि 21 दिनसम्म पुग्दा नेपालीहरु झनै समस्यामा पर्ने खडकाको अनुमान छ । यो स्थितिको समाधानका लागि आजै नेपाल सरकारले सोच्न सकेन भने ठूलो समस्या निम्तने उहाँको भनाई छ । तथापी उहाँले भारतमा अलपत्र परेका नेपालीहरुको भोकमरि लगायतका समस्या समाधानका लागि सहयोग गर्न सम्पन्नशाली नेपाली र प्रवासी संगठनहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...