नयाँ दिल्ली, 7 अगस्त
भारतमा आजदेखि किसानहरुको उत्पादन ढुवानीका लागि किसान रेल शुरु भएको छ । भारतका रेल मन्त्री पीयूष गोयल र कृषिमन्त्री नरेन्द्र सिंह तोमरले आज पहिलो किसान विशेष पार्सल रेलको अनलाईन रुपमा उद्घाटन गर्नुभएको हो । यो रेल महाराष्ट्रको देवलाली र बिहारको दानापुर रेलवे स्टेशनको बीचमा माल सामानको ढुवानी गर्नेछ । यसमा फलफूल र तरकारी गन्तव्यमा पुऱ्याइनेछ । यो किसान रेल नासिक रोड, मनमाड, जलगाँव, भुसावल, बुरहानपुर, खण्डवा, इटारसी, जबलपुर, सतना, कटनी, मानिकपुर, प्रयागराज छिवकी, पण्डित दीनदयाल उपाध्याय नगर र बक्सरमा रोकिदैं चल्नेछ । मन्त्री तोमरले रेलगाडीको सञ्टालनले किसानलाई समृद्ध बनाउने बताउनु भएको छ । मन्त्री पीयूष गोयलले किसान रेलले किसानहरुलाई आत्मनिर्भर बनाउने र उनिहरुको जीवनमा समृद्धि ल्याउने बताउनुभयो।









































