HomeFeatureभारतमा कोरोना भाईरसबाट 32 जना नेपालीको मृत्यु, 265 जना भन्दा धेरै संक्रमित

भारतमा कोरोना भाईरसबाट 32 जना नेपालीको मृत्यु, 265 जना भन्दा धेरै संक्रमित

नयाँ दिल्ली, 5 अगस्त 2020

भारतमा अहिलेसम्म 32 जना नेपालीको कोभिड-19 का कारण ज्यान गएको र 265 जना भन्दा धेरै संक्रमित भएका छन । हामीलाई प्राप्त जानकारीका अनुसार सबैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र राज्यको मुम्बईमा सबैभन्दा धेरै नेपालीहरु संक्रमित भएका छन । मुम्बईपछि तमीलनाडु राज्य र त्यसपछि दिल्लीमा धेरै नेपालीहरु संक्रमित रहेका छन । अहिलेसम्म प्राप्त जानकारीका अनुसार मुम्बईमा मात्रै अहिलेसम्म करिब 170 भन्दा धेरै नेपालीहरु संक्रमित भएको र करिब 24 जना नेपालीले कोरोना भाईरसका कारण ज्यान गुमाउनु परेको मुम्बईस्थित संयुक्त नेपाली महासंघका पूर्वअध्यक्ष भरत रावलले बताउनु भएको छ । महाराष्ट्र भरिको तथ्याङ्क थाहा हुन नसकेपनि मुम्बईमा सम्पर्कमा आउन सकेका डेढ सयभन्दा धेरै नेपालीहरु संक्रमित भएको पत्रकार विष्णु गौतमले बताउनु भएको छ ।

त्यसैगरि तमीलनाडु राज्यको चेन्नईमा महाराष्ट्रपछि धेरै संख्यामा नेपालीहरु संक्रमित भएको थाहा हुन आएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालका अनुसार अहिलेसम्म चेन्नईमा 64 जना कोरोनाले संक्रमित भएको र त्यसमध्ये 3 जनाको मृत्यु भएको बताउनुभयो । त्यसैगरि तमीलनाडुकै कोयमबतुरमा 1 जना नेपाली संक्रमित छन । दक्षिण भारतका अन्य राज्यहरु कर्नाटकाको बेङ्गलोरमा 4 जना कोरोनाका कारण मृत्यु भएको छ भने 11 जना संक्रमित भएको उहाँले बताउनुभएको छ । त्यसैगरि केन्द्र शासित प्रदेश पुदुचेरीमा 3 जना यस भाइरसबाट संक्रमित भएको जानकारी बस्यालले दिनुभएको छ ।

 राजधानी दिल्लीमा अहिलेसम्म कोरोना संक्रमित 2 जनाको मृत्यु भएको खबर छ भने 36 जना संक्रमित भएको जानकारी पाइएको छ । दिल्लीको एम्स अस्पतालका चिकित्सक सागर पौडेलका अनुसार अहिलेसम्म उहाँको सम्पर्कमा 36  जना कोरोना संक्रमित आएका छन । त्यसमध्ये उहाँकै उपचार र परामर्शले 20  जना विरामीहरु सञ्चो भइसकेका छन भने 16 जना कोरोना संक्रमितले उपचार लिइरहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राय सबै होम आइसोलेशनमा रहेको डाक्टर पौडेलले बताउनुभएको छ ।

यसबाहेक सम्पर्कमा नआएका नेपालीहरु पनि ठूलो संख्यामा संक्रमित भएको हुन सक्ने विभिन्न नेपाली संघ-संस्थाहरुले आशंका गरेका छन । कोरोना संक्रमणको विश्व तालिकामा तेस्रो स्थानमा रहेको भारतमा ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...