नयाँ दिल्ली, 6 मे 2020
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या लगातार बढिरहेको छ। अहिलेसम्म पूरै देशमा 49 हजार 436 जना कोभिड-19 बाट संक्रमित भएका छन्। भारतभरीमा अहिलेसम्म 1 हजार 695 जनाको मृत्यु भइसकेको छ। 14 हजार 183 जना उपचारपछि निको भएर घर फर्किएका छन्। त्यसैगरी 33 हजार 558 जनाको अहिले पनि उपचार चलिरहेको छ।
कोराना भाइरसका कारण महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा अहिलेसम्म 15 हजार 525 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 617 जनाको मृत्यु भएको छ, भने 2 हजार 819 जना उपचारपछि सन्चो भएका छन्। महाराष्ट्रपछि गुजरात सबैभन्दा प्रभावित बनेको छ। गुजरातमा 6 हजार 245 जना संक्रमित रहेका छन्, भने 368 जनाको ज्यान गएको छ। 1 हजार 381 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्।
राजधानी दिल्लीमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रति दिन बढिरहेको छ। दिल्लीमा अहिलेसम्म 5 हजार 104 जनामा कोरोना संक्रमण देखिएको छ। 64 जनाको ज्यान गइसकेको छ, भने 1 हजार 468 जनाले कोरोना विरूद्धको लडाई जितेका छन्। तामिलनाडूमा संक्रमितको संख्या 4 हजार 58 पुगेको छ। 33 जनाले ज्यान गुमाएका छन्, भने 1 हजार 485 जना उपचारपछि ठिक भएका छन्। त्यसैगरी राजस्थानमा 3 हजार 158 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 89 जनाको ज्यान गएको छ, भने 1 हजार 525 जना ठिक भएका छन्। मध्य प्रदेशमा अहिलेसम्म 3 हजार 49 जना संक्रमित भएका छन्। 176 जनाको निधन भएको छ, भने 1 हजार जना उपचारपछि ठिक भएका छन्। त्यस्तै उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या 2 हजार 880 पुगेको छ। 56 जनाको ज्यान गएको छ, भने 987 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।
त्यसैगरी आन्द्र प्रदेशमा 1 हजार 717 जनामा कोरोना संक्रमण पाइएको छ। त्यहाँ 36 जनाको ज्यान गएको छ, भने 589 जना सन्चो भएको छन्। पञ्जाबमा अहिलेसम्म 1 हजार 451 जना संक्रमित भेटिएका छन्। 25 जनाले ज्यान गुमाएका छन्, भने 133 जना सन्चो भएर घर फर्किएका छन्। पश्चिम बङ्गालमा 1 हजार 344 जनामा कोरोना भाइरस देखिएको छ। त्यहाँ 140 जनाको मृत्यु भइसकेको छ। त्यसैगरी 364 जना उपचारपछि ठिक भएका छन्। तेलङ्गानामा 1 हजार 96 मामिला पुष्टि भएको छ। 29 जनाको ज्यान गएको छ, भने 585 जना ठिक भएका छन्।
जम्मू कश्मिरमा अहिलेसम्म 741 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै कर्नाटकमा 671 जना, हरियाणामा 548 जना, बिहारमा 536 जना, केरलामा 502 जना, उडिसामा 175 जना, झारखण्डमा 125 जना र चण्डिगढमा 111 जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ।
त्यसैगरी उत्तराखण्डमा अहिलेसम्म 61 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चण्डिगढमा 59 जना, आसाम र त्रिपुरामा 43/43 जना, हिमाचल प्रदेशमा 42 जना, लद्दाखमा 41 जना, अण्डमान तथा नोकोबार द्वीप समूहमा 33 जना, मेघालयमा 12 जना, पुडुचेरीमा 9 जना, गोवामा 7 जना, मणिपुरमा 2 जना र अरूणाचल प्रदेश र मिजोरममा 1/1 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।









































