काठमाण्डौँ, 6 मे 2020
सरकारले जेठ 5 गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख 25 गते बिहीबार अर्थात् भेली सकिँदै थियो। मुलुकभित्र कोरोना संक्रमित फेला पर्ने क्रम नरोकिएकाले लकडाउन पुनः 10 दिन लम्ब्याइएको हो।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत 11 गतेबाट लकडाउन जारी गरेको थियो। चैत 11 गते बिहान 6 बजेबाट सुरु हुनेगरी जारी गरिएको लकडाउनको समय पटक-पटक थप भएर जेठ 5 गतेसम्म पुऱ्याइएको छ।









































