नयाँ दिल्ली डेस्क, 19 मई 2020
भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या एक लाख नाघेको छ। भारतमा अहिलेसम्म कोभिड-19 बाट संक्रमित हुनेको संख्या 1 लाख 1 हजार 261 पुगेको छ। यस भाइरसबाट मृत्यु हुनेको संख्या 3 हजार 164 पुगेको छ। त्यसैगरी अहिलेसम्म 39 हजार 233 जना उपचारपछि सन्चो भएका छन्। त्यस्तै 58 हजार 864 जना अहिले पनि उपचारार्थ रहेका छन्। भारतमा अहिलेसम्म 24 लाख 4 हजार 267 जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ।
भारतको महाराष्ट्र राज्य कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 35 हजार 58 पुगेको छ। 1 हजार 249 जनाको मृत्यु भइसकेको छ, भने त्यहाँ 8 हजार 437 जना उपचारपछि ठिक भएका छन्। तामिलनाडुमा अहिलेसम्म 11 हजार 760 जना संक्रमित भएका छन् भने 81 जनाको मृत्यु भएको छ। 4 हजार 406 जना उपचारपछि ठिक भएका छन्। त्यस्तै गुजरातमा अहिलेसम्म 11 हजार 745 संक्रमित पुगेका छन्। यो राज्यमा मृत्यु हुनेको संख्या पनि 694 पुगेको छ। त्यस्तै 4 हजार 804 जना ठिक भएका छन्। त्यसैगरी राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट 10 हजार 54 जना संक्रमित भएका छन्। 168 जनाको मृत्यु भएको छ भने 4 हजार 485 जना उपचारपछि ठिक भएका छन्।
कोरोना महामारीको वैश्विक प्रभाव हेर्ने हो भने अहिलेसम्म 3 लाख 20 हजार 189 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 48 लाख 94 हजार 278 पुगेको छ। त्यसैगरी 19 लाख 8 हजार 111 जना उपचारपछि ठिक भएका छन्।









































