चेन्नई,14 अगस्त 2020
भारतमा प्रेम प्रसङ्गका कारण हरियाणाको गुरुग्राममा एक नेपालीला आत्महत्या गरेको एक हप्ता नपुग्दै फेरि एक नेपालीले आत्महत्या गरेका छन । भारत तमीलनाडु राज्यको चेन्नईमा काम गर्ने एक नेपाली युवकले आत्महत्या गरेका छन । गुल्मी जिल्लाको रूरू गाउपालीका वाड नं ६, का गंगा बहादुर दर्लामी मगरका छोरा डिल बहादुर दर्लामी मगरले ड्युटीकै क्रममा झुन्डीएर आत्मा हत्या गरेका हुन। २५ वर्षका डिल बहादुर दर्लामी मगर चेन्नईको ताम्बाराममा रहेको जीकेएम इञ्जिनियरिङ कलेजमा कार्यरत थिए । उनले गत १२ अगस्तका दिन करिब साढे 11 बजे आत्महत्या गरेका हुन । उनलाई पासो लगाएको अवस्थामा सँगै काम गर्ने साथीहरूले देखेपछि तुरून्तै कलेज व्यवस्थापन र पुलिस प्रशासनलाई जानकारी गराएका थिए। पेरंगलातुर पुलिस थानालाई उधृत गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले डिल बहादुर दर्लामीले प्रेम प्रसङ्गमा तनावग्रस्त भई आत्माहत्या गरेको निष्कर्ष निकालेको जनाएको छ।
मृतक डिल बहादुरका भाई तिल बहादुर पनि दाजुसँगै नाइट ड्युटीमै थिए। भाइलाई पनि दाजुको बारेमा कतिपय कुरा जानकारी भएकोले पुलिसलाई मुद्धाको टुंगो लगाउन सहज भएको जनाइएको छ।डिल बहादुर भारतको हरियाणामा काम गर्ने एक नेपालीसँग प्रेम गर्ने गर्दथे । फेसबुक मार्फत साथी बनेर विवाह समेत गर्ने बचनबद्धता गरेका उनिहरुले आतमहत्याको दिन पनि अबेरसम्म रूदै फोनमा कुरा गरेको रेकडिङ पुलिसले बरामद गरेको थियो । मृतक डिल बहादुरका बुवा आमाले छोराको अन्तिम मुख हेर्ने इच्छा गरेपछि कलेज प्रसाशनले निजको पार्थिव शरीरलाइ भाई तिल बहादुर दर्लामीको जिम्मा लगाएर एम्बुलेन्सद्वारा नेपाल पठाएको मूल प्रवाहले जनाएको छ। यसअघि गत 10 अगस्तमा भारतको राजधानी दिल्ली नजिक गुरुग्राममा अर्घाखाँचीको मालारानी खनदह गाँउपालिका वडा नम्बर 2 स्थायी घर भइ गुरुग्रामको पालम विहार सेक्टर 22, महादेव पीजीमा काम गर्ने 18 वर्षीय विमल विश्वकर्माले पनि प्रेमकै कारण आत्महत्या गरेका थिए ।









































