HomeFeatureभारतले गर्‍यो नेपालसँग सीमा जोडिएका क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा

भारतले गर्‍यो नेपालसँग सीमा जोडिएका क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा

10 जनवरी 2022

भारतको उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको छ । पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो । उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको अंतराष्ट्रीय समाचार माध्यममा उल्लेख छ । कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् । तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् । उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ । निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ । भारतीय अधिकारीहरूले उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्मममा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ । उनीहरूले निर्वाचनमा कुनै न कुनै तरिकाले प्रभावित पार्न सक्ने भएकाले उनीहरूमा कडा निगरानी राख्दै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...