काठमाडौं, 10 जनवरी 2022
विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरीमा रोकिएका छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब ब्रिगेड ब्वाइज क्लबले सोमबार भएको खेलमा १–१ गोलको बराबरी खेलेका हुन । खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई सुरुआती अग्रता दिलाएका थिए । काउन्टरमा ब्रिगेडका शिशिर लेखीको प्रहार पुलिसका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बल डिफेन्डरले क्लियर गर्न नसकेको अवस्थामा रोशनले गोल गरे । खेलको चौंथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तामाङले फ्रि–किकमार्फत गोल गरे । बराबरीसँगै पुलिसले ८ खेलमा ७ अंक जोडेको छ । पुलिस ११ औं स्थानमा रहेको छ । ब्रिगेड १२ औं स्थानमा रहेको छ ।









































