HomeFeatureभारतसँगको खुला सीमानाले अवैध रुपमा नेपाल आउने-जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण

भारतसँगको खुला सीमानाले अवैध रुपमा नेपाल आउने-जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण

काठमाण्डौ, 23 ऩोवेम्बर 2020

भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ। दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चुनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ। नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो । विभागका महानिर्देशक रमेश कुमार केसी नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले आवागमनमा निगरानी राख्न नसकिएको बताउँनुहुन्छ । विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम गर्दै आएको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विदेशहरुले नेपालमा के कस्ता गतिविधि गर्छन् । पर्यटक भिसा, अध्ययन भिसा लिएर अन्य गतिवधि गर्छन् । बेला बेला धर्मचार देखि लिएर अन्य कुरा गरेको देखिन्छ । त्यसैले विदेशीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण  देखिएको छ । ’’

भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब बढी राजस्व संकलन हुँदै आएको छ । महानिर्देशक केसीले गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७४ करोड, ०७४/०७५ मा २ अर्ब ४५ करोड, ०७३/०७४ मा २ अर्ब २३ करोड राजस्व संकलन भएको बताउनुभयो ।

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ । समितिको बैठकमा सांसद रामनारायण विडारीले खुला सीमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेकाहरुले नेपालबाटै विदेश जान्छु भन्यो भने के गर्छ नेपालले ? भन्ने विषय पनि ऐनमा समेट्नु पर्ने बताउनुभयो ।

सांसद विमला राई पौड्यालले कुनैपनि भिसा लिएर विदेश गएका र अलपत्र रहेका नागरिकहरुलाई स्वदेश फर्काउने हकमा अध्यागमन विभागले के काम गर्ने गरेको छ भन्दै प्रश्न गर्नुभयो ।

नेपालमा वर्षेनी लाखौँ पर्यटक गरेका छन् । ती मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन् । यस्तै चीनबाट १४ प्रतिशत आउने गरेका छन् । यो वर्ष अक्टोबर सम्म विभिन्न देशबाट २ लाख २ हजार पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार र २०१५ मा ६ हजार ३८ हजार पर्यटन नेपाल भित्रिएका छन् । २०१९ देखि आजसम्म विभिन्न कसुर गरेका ६ सय ७६ जन विदेशीहरुलाई देश निकाला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...