HomeFeatureहिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल चलिरहेको छ: सभामुख सापकोटा

हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल चलिरहेको छ: सभामुख सापकोटा

काठमाण्डौ, 23 ऩोवेम्बर 2020

सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताउनुभएको छ । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताउनुभएको छ । सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘’अब नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडी नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उहाँले बताउनुभयो ।

हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो ‘पछी ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ ।’ संसद अभिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अघिवेशन बोलाउने तयारी भइरहेको बताउनुभएको हो । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिले सम्म पनि आव्हान हुन सकेको छैन् । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...