दिल्ली, 21 नोवेम्बर 2020
भारतकी चर्चित कमेडियन भारती सिंहलाई गाँजा राखेको आरोपमा नारकोटिक्स कन्ट्रोल ब्यूरो एनसीबीले पक्राउ गरेको छ । शनिवार भारती सिंहको घरबाट एनसीबीले गाँजा बरामद गरेको थियो ।भारतीको प्रोडक्शन कार्यालय र घरबाट 86 ग्राम गाँजा बरामद गरेको थियो।एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई शनिबार साँझसम्म पक्राउ गरेको हो । उनिहरुसँग 4 घण्टासम्म गरेको सोधपुछका क्रममा उनिहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेपछि हिरासतमा लिइएको हो । एनसीबीले उनिहरुलाई भोली अदालतमा उपस्थित गराउनेछ । भारती सिंह उत्कृष्ट कमेडी मानिन्छन ।
भारती सिंह एक स्टैंड अप कमेडियन र अभिनेत्री हुन । उनि ‘द कपिल शर्मा शो’ मा पनि कमेडी गर्छिन। भारती ले 2017 मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन । उनले आफ्नो करियरको शुरुआत इण्डियन लाफ्टर च्यालेन्जबाट गरेकी थिइन । त्यसपछि उनले कयौं कमेडी शोहरुमा काम गरिसकेकी छिन । एनसीबीले पछिल्लो समय बलिवुडका कयौं सिलेब्रेटीहरुमाथि कारवाही गरिरहेको छ ।









































