HomeFeatureभारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाण्डौमा, नेपाली सेनाद्वारा स्वागत

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाण्डौमा, नेपाली सेनाद्वारा स्वागत

काठमाण्डौ, 4 नोभेम्बर

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे भारतीय सेनाको विषेश विमानबाट काठमाडौं पुग्नु भएको छ । उहाँ मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिनु भएको हो । पत्नीसहित काठमाडौं पुग्नु भएका नरवणेलाई नेपाली सेनाका मेजर जनरल प्रभुराम शर्माले स्वागत गर्नुभएको छ । स्वागतपछि उहाँलाई सिधैं सोल्टी होटेल लगिएको छ। तीन दिनसम्म उहाँ सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उहाँ आउँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन्।

भारतीय सेनाध्यक्षले आज पशुपति मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ। लकडाउन पछि सर्वासाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाइँदै आएको छ। निषेधाज्ञा खुकुलो पारे पनि पशुपतिनाथ दर्शन खुला भएको छैन। नरावणेका लागि भने पशुपति खोलिँदैछ।

सेनाध्यक्ष नरवणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल भ्रमणमा रहनु भएका भारतीय सेनाध्यक्षले प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हितका विषयमा छलफल गर्नुका साथै नेपाली सेनाका उच्च अधिकारीहरुसँग भेटघाट गर्नुहुनेछ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुहुनेछ । यसअघि नेपाल जानुअघि मंगलबार साँझ एक छोटो भिडियो सन्देश जारी गर्दै नरवणेले नेपाल भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...