HomeFeatureभारतीय सेना प्रमुखपछि अब भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेपाल भ्रमणमा जाँदै,...

भारतीय सेना प्रमुखपछि अब भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेपाल भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

नयाँ दिल्ली, 23 नोभेम्बर 2020

पछिल्लो समय सीमा विवादका कारण नेपाल भारतको सम्बन्धमा तनाव आएको भएपनि अब सामान्यीकरण तर्फ उन्मुख भइरहेको छ । निरन्तर रुपमा भइरहेको भारतीय उच्चाधिकारीहरुको नेपाल भ्रमणले सम्बन्ध सामान्य भइरहेको देखाइरहेको छ । केही दिन अघि भारतीय थल सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणपछि फेरि भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला नेपाल भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्रालयले आज भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । परराष्ट्रमन्त्रालयका अनुसार भारतीय विदेश सचिव श्रृङ्गला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा 26 र 27 नोभेम्बरमा 2 दिन नेपालको भ्रमणमा रहनुहुनेछ । मन्त्रालयले भ्रमण 2 मित्र राष्ट्रको नियमित भेटघाटको निरन्तरता भएको जनाएको छ । भ्रमणको पहिलो दिन दुवै देशका विदेश सचिवबिच द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल-भारतबिच सहयोगका वृहत क्षेत्रहरुबारे छलफल हुनेछ । सोही दिन भारतीय विदेश सचिव श्रृङ्गलाले नेपालका उच्चाधिकारीहरुलित भेटघाट गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले कोभिड-19 सम्बन्धि सहयोग नेपाल सरकारलाई हस्तान्तरण गर्नुहुनेछ । भारतीय विदेश सचिव श्रृङ्गला आफ्नो 2 दिने भ्रमण पुरा गरि 27 नोभेम्बरका दिन नयाँ दिल्ली फिर्ता हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...