HomeFeatureहिमाचल राज्यको कुल्लूमा 60 वर्षीय नेपालीको शव बेवारिसे अवस्थामा फेला, पहिचान हुन...

हिमाचल राज्यको कुल्लूमा 60 वर्षीय नेपालीको शव बेवारिसे अवस्थामा फेला, पहिचान हुन नसक्दा अस्पतालमै शव

हिमाचल, 23 नोभेम्बर 2020

हिमाचल राज्यको कुल्लू जिल्ला अन्तर्गत भुन्तरमा एक 60 वर्षीय नेपालीको शव फेला परेको छ । उनको शव भुन्तरस्थित बसपार्कमा हिजो आइतवार विहान साढे 8 बजे बेवारिसे अवस्थामा फेला परेको हो । उनको सनाखत हुन नसक्दा पोस्टमार्टम पनि हुन सकेको छैन भने शव कुल्लुको शव गृहमा राखिएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितीका अध्यक्ष कन्हैया लाल चौधरीले बताउनु भएको छ ।

यद्धपी उनको पहिचान हुन सकेको छैन । तर बस पार्क नजिकै ढाबा संचालक सोनमका अनुसार उनले आफ्नो नाम लाल सिंह बताउथे । अन्दाजी 60 वर्ष उमेरका उनले कहिले आफ्नो घर नेपालगंज त कहिले सुर्खेत घर बताउने गरेका थिए । 12 वर्षअघि श्रीमतीको मृत्यु भएपछि घरमा छोरा छोरी कसैले न हेरेका कारण उनले आफ्नो ज्यान पाल्न भारत आएको आफुलाई बताएको ढाबा संचालक सोनमले बताउनु भयो।

मुल प्रवाहका अनुसार उनको साथबाट कुनै प्रकारको डकुमेन्ट फेला नपारिएकाले उनको पहिचान गर्न गार्हो भएको छ । तर उनको साथबाट पिथौरागढ र पत्लीकुलमा स्वास्थ्य जाँच गराएको मेडिकल रिपोर्ट फेला परेको छ । तस्वीरमा देखिएका मृतक वृद्धलाई चिन्नु भएको छ भने मूल प्रवाहलाई खबर गर्न मुल प्रवाह अखिल भारत नेपाली एकता समाज भुन्तर नगर समितीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...