HomeFeatureभारतीय सैनिक पेन्सन कार्यालयद्धारा उदयपुर जिल्लाको बेल्टारमा एक दिनै क्याम्पको आयोजना गरेर...

भारतीय सैनिक पेन्सन कार्यालयद्धारा उदयपुर जिल्लाको बेल्टारमा एक दिनै क्याम्पको आयोजना गरेर सम्पन्न

11 अक्टूबर 2021

भारतीय भुतपुर्व गोर्खा सैनिकहरुको पेन्सन अप्डेटको काम धरान स्थिती भारतीय शैनिक पेन्सन कार्यालयले उदयपुर जिल्लाको बेल्टारमा एक दिनै क्याम्पको आयोजना गरेर सम्पन्न गरेको छ । सोमबार उदयपुरमा पेन्सन लिने भारतीय भुतपुर्व सैनिक संख्या लगभग ५ सयको संख्यामा रहेको भारतीय गोर्खा शैनिक पेन्सन कार्यालय धरानले जनाएको छ । भारतीय भुतपुर्व गोर्खा सैनिकहरुमा पेन्सन पाउने बृद्ध,  असक्त,  महिलाहरुको सहजताको लागि जिल्लामै पुगेर उनिहरुको जिवित प्रमाण पत्र अप्डेट गर्ने कार्य गरेको हो । भारतीय भुतपुर्व शैनिकहरुको पेन्सन अफिस नेपालको काठमाण्डौ, पोखरा र धरानमा रहेको छ । जिल्ला मै पुगेर पेन्सन प्राप्त गर्नेहरुको जिवित प्रमाण पत्र, हकवालाको प्रमाण पत्र अप्डेटको कार्य गर्ने कार्यक्रम अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थिती भुपु शैनिक भवनमा पुगेर भारतीय भुतपुर्व गोर्खा शैनिक पेन्सन अफिस धरानले जिवित प्रमाण पत्र दिने कार्य सम्पन्न गरेको छ । हरेक बर्ष यसरी नै जिवित प्रमाण पत्र, हकवालाको प्रमाण पत्र अप्डेटको कार्य गर्ने गरेको भुतपुर्व गोर्खा शैनिक पेन्सन अफिस धरानले जनाएको छ । यसरी हरेक बर्ष पेन्सन अप्डेट गरेर प्रमाण पत्र हस्तान्तरण गर्दा भबिष्यमा कुनै समस्या नआउने र पेन्सन प्राप्त गर्नेको हकवाला को हो भन्ने मा समेत समस्या उत्पन्न नहुने भुतपुर्व गोर्खा सैनिक पेन्सन कार्यालय धरानका प्रमुख सहरक्षक सर्जरी मेजर अभिशेक सिंहले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...