नयाँ दिल्ली, 21 सेप्टेम्बर
कोरोना संक्रमित भएर 14 दिनसम्म कोभिड-19 को कुनै लक्षण नदेखिएको अवस्थामा फेरि पीसीआर परीक्षण गराउन आवश्यक नभएको विशेषज्ञहरुले बताएका छन । दिल्लीको एम्स अस्पतालमा कार्यरत डाक्टर सागर पौडेलका अनुसार पीसीआर परीक्षणमा कोरोना संक्रमित देखिएका विरामीहरुमा 14 दिनसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अवस्थामा फेरि पीसीआर परीक्षण आवश्यक नभएको बताउनु भएको हो।
कोभिड 19 को लक्षण नभएको अवस्थामा पनि पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आउने गर्दा मानिसहरुमा भ्रम पैदा हुने गरेको अवस्थामा डाक्टर पौडेलले 14 दिनसम्म कोरोना भाईरस संक्रमणको कुनै लक्षण नभएको अवस्थामा पीसीआर टेस्ट आवश्यक नभएको बताउनु भएको हो ।
कोरोना संक्रमित विरामी सञ्चो भइसकेको अवस्थामा पनि उनिहरुको शरीरमा मृत भाईरस रहने भएका कारण पीसीआर परीक्षणमा भाईरस डिटेक्ट हुने (देखापर्ने) भएकाले उनिहरुलाई फेरि पोजेटिभ देखाउने भएकाले डराउनुपर्ने आवश्यक नभएको बताउनु भयो ।









































