HomeFeatureमलको अभावका कारण किसानहरु समस्यामा: त्रिपाठी

मलको अभावका कारण किसानहरु समस्यामा: त्रिपाठी

काठमाडौं, 9 जून 2022

सांसद हृदयेश त्रिपाठीले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विषेश समय लिएर उहाले मल उपलव्ध गराउन सरकार असफल भएको र किसानहरु समस्यामा परेको बताउनुभएको हो । अहिलेको बजेट निबन्ध मात्रै भएको टिप्पणी गर्दै त्रिपाठीले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने धारणा राख्नुभयो । उहाले मलको अभाव कायमै रहे यस बर्ष धानको उत्पादन घट्ने उल्लेख गर्नुभयो । उहाले घुमुवा प्रहरीले विचौलिकाको काम गरिरहेको बताउनुभयो । यस्तै उहाले बर्दियामा बाघको आक्रमणबाट जोगिन स्थानीयले गरेको आन्दोलनमा प्रशासनको हस्तक्षेप गलत भएको बताउनुभयो । सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । फोहरमैला व्यवस्थापनका लागि प्रधानमन्त्रीका साथै गठबन्धनले पनि गम्भीर हुनुपर्ने उहाको भनाई छ । उहाले काठमाडौंका मेयर बालेन्द्र साहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने, तर साहले संयता अपनाएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । त्यस्तै सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...