HomeFeatureसंग्रौलाको प्रश्न: सरकार कहाँ छ ?

संग्रौलाको प्रश्न: सरकार कहाँ छ ?

काठमाडौं, 9 जून 2022

सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार कहाँ छ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शुन्य समयमा उहाले पाठ्यपुस्तकको समस्या, मलको समस्या, महङ्गी नियन्त्रण हुन नसकेको भन्दै सरकार कहाँ छ? भन्दै प्रश्न गर्नुभएको हो । उहाले नागरिकप्रति सरकार जिम्मेवार र बफादार बन्न नसकेको धारणा राख्नुभयो । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको र खेती लगाउने बेला किसानले मल नपाएको उहाले बताउनुभयो । त्यस्तै उहाले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको र हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेको बताउनुभयो । शुन्य समयमा एमालेकी सांसद नविना लामाले पाठ्यपुस्तकको समस्या समाधान गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने बताउनुभयो । उहाले पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । त्यस्तै एमालेकै सांसद पद्मा कुमारी अर्यालले गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिभुवन विश्वविद्यालयमा ताला लगाइएको आरोप लगाउनुभयो । लामो समय बिश्वबिद्यालयमा तालावन्दी हुँदा पनि प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री उपकुलपति रहेको विश्वविद्यालयमा ताला खुलाउन कुनै पहल नभएको उहाको भनाई छ । त्यस्तै सांसद प्रकाशमान सिंहले फोहोर व्यवस्थापन गर्न नसक्दा, बजार भाउ नियन्त्रण गर्न नसक्दा र ट्राफिक जामका कारणले काठमारडौं उपत्यका अस्तव्यस्त भएको भन्दै ‘स्कूल जाने समय र नेपाल सरकारको अफिस सञ्चालन गर्ने समय फरक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...