काठमाडौं, 31 दिसम्बर 2021
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनमा आफुले सारेका एजेण्डा स्थापीत हुने दावी गर्नुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस क्षेत्र नंवर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पार्टी रुपान्तरणका लागि आफुले अघि सारेका एजेण्डा स्थापीत हुने बताउनुभएको हो । कांग्रेस सभापतिको दोश्रो चरणको निर्वाचनमा पार्टी सभापति शेर बहादुर देउवाले आफ्नो एजेण्डलाइ पुरा गर्ने प्रतिवद्धता जनाएकाले आफुले समर्थन गरेको भन्दै उहाले यस बिषयमा आएका आलोचनालाई आफुले सहज रुपमा स्वीकार गर्ने धारणा राख्नुभयो । उहाले सभापति देउवासंग पार्टी हितबिपरितको कुनै सम्झौता नगरेको स्पष्ट पार्नुभयो । उहाले महाधिवेशन अघि आफुलाई सभापतिको उम्मेद्वार बनाउने बिषयमा सहमति हुन नसकेकैका कारण निर्वाचनमा आफुमाथि घात भएको गुनासो गर्नुभयो । त्यस्तै कार्यक्रमका सहभागीहरुले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजानुपर्ने धारणा राखेका थिए ।









































