मुम्बई, 3 जुन 2020
बुधवार दिउँसो समुद्री आँधी निसग्र महाराष्ट्रको तटमा पुगेको छ । यस दौरान कयौं स्थानहरुमा आँधी चल्नुका साथै वर्षा पनि भएको छ । समुद्री आँधीलाई ध्यानमा राख्दै मानिसहरुलाई राहत शिविरहरुमा सारिएको छ । तटीय क्षेत्रहरुमा एनडीआरएफका टीमहरु परिचालित गरिएका छन । समुद्री आँधी ‘निसर्ग’ का कारण महाराष्ट्रको रायगढ जिल्लाको अलीबागमा भीषण वर्षा भएको छ भने रत्नागिरिमा आँधी चलेको छ ।
मौसम विभागले दिँउसो ” समुद्री आँधी निसर्गको केन्द्र महाराष्ट्र तटदेखि निकै नजिक भएको बताएको थियो । मौसम विभागले यो आँधीका असर आँउदो 12 घण्टासम्म रहने र यसको गति 1 सयदेखि 1 सय 20 किमी प्रतिघण्टा हुनसक्ने बताएको छ भने भीषण आँधी र वर्षासँगै पहिरो पनि जान सक्ने जनाएको छ ।
मौसम विभागले गुजरात र महाराष्ट्रका तटमा चक्रवाथ आउने चेतावनी जारी गर्दै सुरक्षित रहन भनेको थियो। चक्रवाथलाई मध्यनजर गर्दै एनडीआरएफको 43 टीमहरु दुवै राज्यका तटमा परिचालन गरिएको थियो । समुद्री आँधी आउन सक्ने क्षेत्रहरुबाट करीब 1 लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि बंगालको खाडीमा बनेको आम्फन चक्रवात आँधीले भारत र बंगलादेशमा 85 जनाको मृत्यु भएको थियो भने पश्चिम बंगालमा 72 जनाको मृत्यु भएको थियो भने कयौं घरहरुमा क्षति भएको थियो ।









































