कैलाली, 3 जुन 2020
सुदूरपश्चिममा थप 5 जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र वैतडीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो । नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका-५ का हुन् । यस्तै डोटीको पूर्वीचौकी(४ का २२ वर्षीय युवक र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ । नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।









































